काठमाडौं । ताप्लेजुङका भतरमणि पौडेल कमेडी च्याम्पियन सिजन २ मा सर्वाधिक मन पराइएका प्रतिस्पर्धी हुनुहुन्छ ।

यो बीचमा कलाकार पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने भएको छ ।

उहाँलाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईले उक्त पुरस्कार प्रदान गर्न लाग्नु भएको हो ।

पूर्वमन्त्री भट्टराईको अग्रसरता र संयोजनमा ६ लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको छ ।

जानकारी अनुसार भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गर्नुभयो ।

पुरस्कार प्रदान गर्नेहरुमा ताप्लेजुङ सरोकार समाज (२ लाख रुपैयाँ), ताप्लेजुङ सरोकार केन्द्र (२ लाख) तथा रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ प्रदान गर्न लागिएको हो ।

सो पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ ।

ताप्लेजुङका पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धा गरिरहनु भएको छ ।

जिल्लाको उदाउदो कलाकारलाई प्रोत्साहन गर्नका लागि त्यो पुरस्कार घोषणा गरिएको नेता भट्टराईले बताउनुभयो ।

सम्बन्धित खबरहरु