काठमाडौ । मध्य चीनमा अविरल वर्षापछि आएको भीषण बाढीले १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार बाढीका कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । टेलिभिजनहरुका दृष्यमा पुरै डुवान भइरहेको देखिन्छ ।

सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको सडक तथा रेल स्टेसनमा मानिसको छातिसम्म पानी आउने गरी बाढी आएको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले बाढी नियन्त्रणको अवस्था निकै कमजोर रहेको बताउनुभएको छ ।

जिनपिङले बाढीको कारण ठूलो जनधनको क्षति भएको जानकारी दिनुभएको छ ।

उहाँले सबै निकायलाई मानिसको ज्यान र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

स्थानीय अधिकारीहरुले यसपटक शताब्दीकै ठूलो बाढी आएको बताउनुभएको छ ।

चीनका केही ड्याम तथा रिजर्भायरमा पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेको बताइएको छ ।

मानिसहरुको उद्धारको लागि अहिले सैनिकहरु परिचालन गरिएको छ । बाढीको कारण हेनानको धेरै भागमा हवाई तथा रेल सेवा प्रभावित भएको छ । एजेन्सीहरुको सहयोगमा

 

सम्बन्धित खबरहरु