काठमाडौं । हरेक देशको सेनामा केहि सैनिकहरू हुन्छन्, जसको साहस, हिम्मत, बलिदान, पराक्रम र शक्तिबारे हामी प्रायः सुन्छौं वा पढ्छौँ । हरेक देशको सेनामा त्यस्ता केही सैनिकहरू हुन्छन् । अर्कोतर्फ, कमाण्डोको नाम सुनदा पनि हामी एक त्यस्तो व्यक्तिको क्लपना गर्न थाल्छौ, जुन समान्य मानिसहरु भन्दा फरक हुन्छ ।

कमाण्डोले सजिलैसँग ८ देखि १० साधारण मानिस वा साधारण सिपाहीहरुलाई हराउन सक्छ । उनीहरुको प्रशिक्षण पनि फरक हुन्छ । आज हामी अमेरिकाको मरीन कमाण्डोको बारेमा बताउन गइरहेका छौँ, जसलाई संसारको सबैभन्दा खतरनाक कमाण्डोमा समावेश गरिएको छ ।

मरीन कमाण्डोहरू जंगलमा सजिलै बाँच्दछन्
मरीन कमाण्डोहरू जंगलमा बाँच्नको लागि तयार हुन्छन् । खाना नहुँदा पनि जंगलमा उनीहरु बाँच्न सकुन भनेर उनीहरुलाई तयार पारिएको हुन्छ ।

उनीहरु काँचो मासु खाएर भए पनि आफैलाई जीवितै राख्न सक्ने खालमा हुन्छन् । त्यसको लागि प्रशिक्षणको क्रममा उनीहरुलाई जीवित कोब्राको रगत पिउन लगाइन्छ । त्योसँगै, उनीहरुले कुखुरा, छेपारो र अन्य जंगली जनावरहरूलाई काँँचो खानुपर्छ ।

पेटा पशु अधिकारीका लागि लड्ने संस्था) ले यी कमाण्डोको प्रशिक्षणमा आपत्ति जनाउँदै आएको छ । एक पटक तपाईंले मरीन कमाण्डो प्रशिक्षण पूरा गरे पछि, कोब्रा तपाईंका लागि विषाक्त र खतरनाक सर्प हुनुको सट्टा खानाको विकल्पको रूपमा देखा पर्दछ ।

कोब्रा गोल्ड भनेको के हो ?
प्रत्येक वर्ष युद्ध अभ्यासको समयमा, हरेक कमाण्डोलाई कोब्राको रगत खुवाइन्छ । त्यसका साथसाथै तिनीहरूले विषाक्त बिच्छीहरू पनि समात्नु पर्छ र खानुपर्दछ ।

सबै कमाण्डोहरूले यो अनिवार्य गर्नुपर्छ । यदि कमाण्डोले त्यसो गर्न मानेनन् भने, उनलाई सँधैको लागि जागिरबाट हटाइन्छ । पशु अधिकार संरक्षण एजेन्सी पेटाले कोब्रा मार्ने कुराको विरोध पनि गर्दै आएको छ ।

शारीरिक र मानसिक रूपमा कडा प्रशिक्षण
मरीन कमाण्डोहरू शारीरिक र मानसिक रूपमा धेरै कडा प्रशिक्षणको माध्यमबाट निर्माण हुन्छन् । यो तालिम सामान्य सैनिक अधिकारीको प्रशिक्षण भन्दा धेरै गुणा बढी गाह्रो हुन्छ । मरीन कमाण्डोलाई १३ हप्ताको लागि कडा प्रशिक्षण दिइन्छ ।

थल सेनामा १० हप्ताको प्रशिक्षण र जल सेनाका लागि नौ हप्ताको प्रशिक्षण हुन्छ । यद्यपि विशेष कुरा के भने पुरुष र महिला समान रूपले मरीन कमाण्डोको प्रशिक्षणमा भाग लिन्छन् । लिंगको आधारमा त्यहाँ कुनै भेदभाव गरिएको छैन र प्रशिक्षणको समयमा पनि कुनै छुट दिइएको हुँदैन् ।

प्रशिक्षण भन्दा पहिले स्वास्थ्य परीक्षण आवश्यक
प्रत्येक सिपाही मरीन कमाण्डोको प्रशिक्षणको लागी नाम निकाल्न सफ हुँदैनन् । त्यस तालिमका लागि सिपाहीहरूले पहिले फिटनेस परीक्षा पनि दिनु पर्छ । यो परीक्षा उत्तीर्ण भएपछि मात्र मरीन कमाण्डोको प्रशिक्षण सुरु हुन्छ ।

प्रत्येक वर्ष ३५ देखि ४०,००० सिपाहीहरूले यो गाह्रो प्रशिक्षण पूरा गर्छन् र मरीन कमाण्डो बन्छन् । यी कमाण्डोले एक इसारामा जो कोहीलाई पनि मेटाउन सक्छन् । उनीहरूसँग सबै प्रकारका सामाग्रीहरु हुन्छन् जुन आधुनिक प्रविधिसँग सुसज्जित छन् । उनीहरूलाई मिसाइलहरू प्रक्षेपण गर्नका लागि पनि प्रशिक्षण दिइन्छ ।

सम्बन्धित खबरहरु