काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालय, त्रि.वि., कीर्तिपुरले सूचना जारी गरेको हो ।

मास्टर अफ विजिनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशनको संशोधित परीक्षा केन्द्रसम्बन्धी सूचना जारी भएको छ । तेश्रो सत्रको नियमित परीक्षा कार्यक्रम–२०२१ को संशोधित परीक्षा केन्द्र कायम गरिएको सूचना यस प्रकार रहेको छ ः

‘यस त्रि.वि. व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेष्टर प्रणालिमा संचालित मास्टर अफ विजिनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशन कार्यक्रममा २०७६ साल (सन् २०१९) मा दोस्रो सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२० अघि भर्ना भै तेस्रोसत्रको परीक्षा फाराम भरी अनुुत्तिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको समेत नियमित परीक्षा मिति २०७८ । ०४ । १२ गते अपरान्हको १२ः०० बजेदेखि संचालन हुने भएकोले देहायबमोजिम परीक्षा केन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

उपरोक्त सबै परीक्षा केन्द्रहरुले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु जस्तैः मास्क, सेनिटाइजर, हात धुने साबुनको व्यवस्था र सामाजिक सुरक्षाको मापदण्ड अनिवार्य रुपमा अपनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सूचित गरिन्छ ।

कोभिड–१९ को कारणले आफ्नो केन्द्रमा उपस्थित हुन नसकेको विद्यार्थीहरु उपरोक्त केन्द्रहरु मध्ये आफूलाई पायक पर्ने केन्द्रमा आफ्नो पहिचान सहित परीक्षा संचालन अगावै उपस्थित भै केन्द्राध्यक्षसंग सम्पर्क राखी परीक्षा दिन हुन सूचित गरिन्छ ।

कोभिड–१९ को कारणले परीक्षा केन्द्र परीक्षा स्थानान्तरण गरी परीक्षा दिन आएका विद्यार्थीहरुको आधिकारीक निवेदन र ति विद्यार्थीहरुको उत्तरपुस्तिकाहरु छुट्टै शिलबन्दी गरी यस परीक्षा नियन्त्रण महाशाखामा उपलब्ध गराई दिन हुन अनुरोध गरिन्छ ।

सम्बन्धित खबरहरु