बाँके । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय बिष्णु जिवन धिताल (सन्ज्याल) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पहिरोको कारण धनमाल नष्ट तथा सडक अवरोध
सल्यान, बनगाड कुपिण्डे नगरपालिका-११ गंगटे बस्ने बिनोद शाहको भेरी हाईवे होटेलको जगको जमिन बुधबार दिउँसो भासिँदा करिब ५५ लाख रुपैयाँ बराबरको विभिन्न सामान नष्ट भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले पहिरोमा परी घाइते भएका सोही होटेलका ग्राहक सल्यान कुमाख गाउँपालिका-२ बस्ने ५० वर्षीय लिल बहादुर रावतलाई स्वास्थ्य चौकी मेलकुना सुर्खेत हुँदै थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाएको छ ।

साथै घाइते भएका सोही होटेलमा काम गर्ने रुकुम पश्चिम सानोभेरी गाउँपालिका-८ बस्ने १३ वर्षीय युबराज डाँगी स्वाथ्य चौकी मेलकुनामा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

पाल्पा, रम्भा गाउँपालिका-३ सितापहाडमा बिहीबार बिहान पहिरो जाँदा सिद्धार्थ राजमार्गमा अबरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राम्दिबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

बाग्लुङ, बागलुङ नगरपालिका-७ बोक्से खाल्डोमा बिहीबार बिहान लेदो सहित पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरोध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोबिल्ला बागलुङबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

सम्बन्धित खबरहरु