काठमाडौ । कोभिड–१९ संक्रमणको दोश्रो लहरका कारण नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया फेरी शुरु भएको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै हाल स्थिति केही सहज भएका कारण देहायमा उल्लेख भए बमोजिमको योजना अनुसार पुनः संचालन गरिने जानकारी गराईन्छ भनेको छ ।

विज्ञापन खुलाइएको पदहरु क्रमश :

मिति २०७७/१०/२२ गते, ०७७/७८/१२, सि.सं.६२ अधिकृत क्याडेट, खुला तथा समावेशी, वियरिङ्ग, प्रि-मेडिकल तथा शारीरिक परीक्षा, श्रावण महिनाको अन्तिम हप्ताबाट

मिति २०७७/०७/१२ गतेको आन्तरिक परिपत्र सि.सं.४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट आन्तरिक प्रतिष्पर्धा बोर्ड अन्तरवार्ता २०७८/०१/२९ मिति २०७८/०४/१६ गते बोर्ड अन्तरवार्ता

मिति २०७८/०१/०५ गतेको आन्तरिक परिपत्र बिभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार आन्तरिक प्रतिष्पर्धा दरखास्त संकलन २०७८/०१/३१ मिति २०७८/०४/१० गतेबाट मिति २०७८/०४/२४ गतेसम्म

मिति २०७७/०९/२१ गतेको ०७७/७८/१, २, ३ र मिति २०७७/०९/२८ गतेको आन्तरिक परिपत्र लेखा जमदार, पुजारी हुद्धा र अमल्दार कर्मचारी खुला तथा समावेशी र आन्तरिक परिपत्र लिखित परीक्षाको नतिजा २०७७/११/२०, २१ र २२ गते श्री लोकसेवा आयोगबाट लिखित परीक्षा संचालन भएको श्रावण महिनाको अन्तिम हप्ता नतिजा प्रकाशन

साथै, यस सम्बन्ध विस्तृतमा पुन: सूचनाहरु जारी गरिने तथा नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको फेसबुक पेज www.facebook.com/NepaliArmyRecruitmentandSelection बाट समेत थप जानकारी लिन सकिने जानकारी गराईन्छ ।

सम्बन्धित खबरहरु