काठमाडौ । लामो समयपछि पूर्वमिस नेपाल उषा खड्गी म्युजिक भिडियोमा देखिएकी छिन ।

खड्ग भट्टराईको शब्द र लोकप्रिय गायक विश्व नेपालीको स्वरमा रहेको गीत घात गर्दाको भिडियोमा उषा खड्गीको साथमा रामहरी खड्काको मुख्य अभिनय रहेको छ।

निरोज लामाको संगीत रहेको घात गर्दामा उषा र रामहरीलाइ अभिनयम आरुष के सी र दिपिशा कोइरालाले साथ दिएका छन्।

अहिलेको नेपाली समाजको यथार्थ अबस्थालाई चित्रण गरिएको भिडियो स्वयं मोडेल उषा खड्गीको जीवनमा मेल खाने किसिमको छ ।

लामो समयसम्म टेलिभिजन मिडियामा कार्यक्रम निर्माता , निर्देशक भएर काम गरिसक्नु भएका रामहरी खडकालाइ मोडेलको रुपमा पनि उतिकै अब्बल देखिएको छ ।

नेपाली म्युजिक भिडियो क्षेत्रका चर्चित युवा निर्देशक नितिन चन्दको निर्देशनमा बनेको भिडियोलाई हाइलाइटस नेपालको यूट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

कनेक्सन एजुकेसनल इंस्टीट्यूसन द्वारा निर्मित यो भिडियो यो एउटा सांगीतिक भिडियोमात्र नभएर, अहिलेको समाजको यथार्थ स्वरुप र मानवियको झल्को दिने एउटा सानो प्रयास भएको निर्माताले बताए ।

सम्बन्धमा कसैले घात गरेपछिको अवस्थालाई चित्रण गरिएको छ । पूर्व मिस नेपाल खड्गीको वैबाहिक जीवनपनि भत्किएको छ ।

यो बेला उनको जीवनमा मेल खाने खालको भिडियो बनेको छ । भिडियो हेरौँ ।

https://youtu.be/T5RlG045sBA

सम्बन्धित खबरहरु