काठमाडौ । अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको अस्पताल स्रोतको दावी छ ।

निशाले संकेत दिन थालेको र आफूहरुले बोलेका कुरा बुझे जस्तो गरी अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकले उनलाई ह्वीलचेयरमा बसाउन समेत सुरु गरेका छन् ।

यद्यपी निशा सामान्य अवस्थामा फर्किने सम्भावना भने न्यून रहेको चिकित्सकले बताएका छन् ।

सवारी दुर्घटनामा परेर तीन वर्षदेखि अर्धचेत अवस्थामा रहेकी उनको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले जेठ २७ गते उद्धार गरेर उपचार सुरु गरेकी थिइन् ।

हाल नर्भिक अस्पतालले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

उपचार पाएको भोली पल्टै उनको मुहारमा खुसीको चमक देखिएको थियो ।

उपचारपछि उनको शरीरका घाउहरु निको हुन थालेको अस्पतालले जनाएको छ ।

तर केहि दिन अगाडी हस्पिटल भित्र एक अपरिचित व्यक्ती निशाको भाइ नाता लगाएर छिरे ।

जब त्यहाँ नजिकका आफन्त नै जान गाह्रो छ । त्यो व्यक्तीले निशालाई जुश भनेर विष खान दिएको खुलेको छ ।

त्यो को हो आज सम्म खुला सकेको छैन् ? यही बि’षयमा पुन्य गौतमले आफ्नो बिचार राखेका छन ।

उनले रुपको रानी भएकी निशा कसैसँग मन मिलेर गाडीमा भारत गएपनि त्यही पापीले निशालाई यस्तो बनाएको दावी गरे ।

उनीे भारतमा अध्ययनका लागि गएको भनिएपनि छ । त्यो बेला दुर्घटनामा परेको भनिएको छ ।

उनले भनेका छन् । त्यो दुर्घटना हैन । दालमा कुछ कालो छ । त्यो षड्यन्त्र हो ।

सम्बन्धित खबरहरु