२०७८ साउन ८ गते, शुक्रवार, २३ जुलाई २०२१। आषाढ शुक्लपक्ष, चतुर्दशी तिथि (९ः५४ बजेदेखि पूर्णिमा), पूर्वाषाढा नक्षत्र (१४ः३९ बजेदेखि उत्तराषाढा), चन्द्रराशि– धनु, २०ः२२ बजेदेखि मकर।

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समय अस्थिर रहनेछ । मेहनत अनुसार फल पाउन गाह्रो होला, कसै कसैलाई कानूनी झमेला वा कारवाहीमा परिने सम्भावना बनेकोले सचेत रहनु पर्नेछ, शारिरिक अस्वस्थता र पेटजन्य समस्यालाइ भने आज बेवास्ता नगर्नु होला ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : कलह र विवादबाट सकेसम्म टाढा रहने प्रयास गर्नु पर्ने देखिन्छ, आर्थिक विषयले तनाव दिन सक्ला । स्वास्थ्यमा पनि समस्या आउने र निरर्थक भयले ग्रसित हुनुपर्ने सम्भावना छ ।

मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) : विलासिताको साथै दिन मनोरन्जन र रमाइलोमा बित्न सक्ला साथै, विशेष वा परिकारजन्य भोजन हुने सम्भावना पनि बनेको छ, कसै कसैलाई आज अरुबाट प्रशंसा वा कदर प्राप्त हुन सक्ला । व्यापार र व्यवसायको लागि आज दिन राम्रो रहन सक्छ ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमीआइ सुख सन्तोषको प्राप्ति हुनेछ, अन्य व्यक्तिसँगको सहकार्य, भेटघाट, वार्तालापले लाभ प्रदान गर्नेछ, आफनै घरको काममा व्यस्त हुनुपर्ने स्थिती पनि आउला ।

सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : चाहिएको बेलामा भाग्यले साथ नदिएको महसूस हुनेछ, विशेषगरि स्वास्थ्य स्थिती खस्कने, गरेका कार्यमा विध्न बाधाहरु आउने, नजानिंदो किसिमले अपयशको भागि हुनु पर्ने हुनसक्छ, कसै कसैलाई मानसिक खिन्नताले आज दुखी बनाउन सक्ला ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : धैर्य गर्नु पर्ने खालको दिन छ । कलह बाट भने बच्ने प्रयास गर्नुहोला, व्यापारी र व्यवसायीहरुले गतिरोधको सामना गर्नुपर्नेछ ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : दिन राम्रो रहने छ । सुख सन्तोष मिल्ने, दाम्पत्य जीवन सुमधुर र आनन्दमय रहने, रुचाएको सामाग्री तथा भोजनको प्राप्ति, आर्थिक लाभ हुने, शत्रुहरु पछि हटनेछन् । गृहिणी तथा विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ । कसै कसैलाई व्यस्त वा धपेडि पर्न सक्ने र कुनै काम अधुरै छोडनु पर्ने हुन सक्ला ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : समय त्यति अनूकूल नरहला । खस्रो वा छुच्चो बोली अथवा प्याच्च भन्ने बानी छ भने त्याग्नु होला ।आज खानपानमा भने विशेष ध्यान दिनु पर्नेछ नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ । व्यापार व्यवसायमाा हानी को सम्भावना भएकोले नयाँ लगानीबाट जोगिनु पर्नेछ ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : दिन राम्रो रहने छ, शारिरिक आरोग्यता प्राप्ति, घरायसी तथा भावनात्मक सुख प्राप्ति, मिठो परिकारजन्य भोजन हुने, सकारात्मक उत्साहले मनोबल मा बृद्धि हुनेछ । तँपाइका योजना विचारहरुलाई अरुले कदर गर्ने बेला आएको छ । कार्य स्थलमा लाभ, मान सम्मान प्राप्ति हुने योग छ । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : दिन प्रतिकुल हुन सक्छ । अरुले कत्तिपनि जस दिने छैनन, आर्थिक समस्याले पिरोल्ने, जोश जाँगरमा कमी आउने, मन अस्थिर र चित्त कमजोर रहने, निद्रा तथा खानपान सम्बन्धि समस्या आउन सक्ला, नसोचेको हानी नोक्सानीको सम्भावना भएकोले आज विशेष सावधानी अपनाउनुहोला ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) : दिन शुभ फलदायक रहने छ । शरिरमा जोश र जाँगर बढने, आर्थिक लाभ हुने । मित्रहरुसँग भेटघाट तथा भलाकुसारी हुने । उत्तम भोजन, भोग विलास वा रमाइलोमा संलग्न हुनुको साथै परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । आदर सत्कार मान सम्मान मा बृद्धि हुनुको साथै गरेका कार्यको उपलब्धि प्राप्त हुने सम्भावना छ ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : दिन अनुकुल रहनेछ । पारिवारीक सुख प्राप्त हुने, शुभ समाचार आउन सक्नेछन् । गरेका कार्यहरु सम्पन्न हुनेछन । ईच्छित फल मिल्ने बलियो सम्भावना छ । अथवा कुनै कार्य सम्बन्धि धपेडि पर्ने सम्भावना छ । व्यर्थको भ्रमणबाट भने आज जोगिनु होला ।

सम्बन्धित खबरहरु