काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी पछिल्ला दिनहरुमा खुबै तनावमा छिन् ।

दुनियाँकै सुन्दरी अभिनेत्री शिल्पाका पति राज कुन्द्रालाई भर्खरै उमेर पुगेकाहरुले हेर्न मिल्ने फिल्महरू बनाएको कारण पक्राउ गरिएको हो ।

त्यसपछि शिल्पा पनि चर्चामा आइन् । पत्नी योग सिकाउने तर पति यस्तो कार्यमा संलग्न भएको भन्दै सामाजिक सञ्जालमा शिल्पालाई खुबै ट्रोल गरियो ।

आफ्ना पति राज कुन्द्रा पक्राउ परेपछि, उनले आफ्नो पहिलो इन्स्टाग्राम पोस्ट साझा गरेकी छिन् ।

त्यसमा उनले एक पुस्तकको पन्ना साझा गरेकी छिन् ।

जेम्स थर्बरको उद्धरणमा ध्यान केन्द्रित गरेकी हुन् । शिल्पाको यो पोस्ट अहिले धेरै भाइरल भइरहेको छ ।

अभिनेत्री शिल्पा शेट्टीले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो कुरा लेखेकी हुन् । शिल्पाले अहिलेसम्म आफ्ना पति पक्राउ परेको कारणबारे कुनै प्रतिकृया दिएकी छैनन् ।

बिहीबार राति शिल्पाले लेखेकी छिन्, ‘रिसाएर पछि नहेर्नुहोस्, वा डरमा अघि बढ्नुहोला, तर जागरुकतामा ।’

उनले यस पोष्टमा थप भनेकी छिन्, ‘हामी रिसाएर हेर्छौं जसले हामीलाई चोट पुर्याए उनीहरूले, हामीले महसुस गरेका निराशाहरू, हामीले भोगेका दुर्भाग्यहरू ।

हामी हाम्रो जागिर गुमाउन सक्छौँ, बिरामी पर्ने रोग लिन सक्छ, वा प्रियजनको मृत्युको सम्भावनाको डरले अगाडि हेर्दछौं ।

हामीले हुनु पर्ने ठाँउ अहिले नै छ, अहिले के भएको छ वा के हुन सक्छ भन्ने बारेमा चिन्तित नहुनु, तर के हो भनेर पूर्ण रूपमा सचेत हुनु ।’

शिल्पा शेट्टीको यो पोष्टबाट स्पष्ट हुन्छ कि उनी असाध्यै दुःखी छन् । उनी आफ्नो पतिलाई यस अवस्थामा साहस दिन खोजिरहेकी छिन् ।

यस घटनामा राज कुन्द्रा लगायत ११ जनालाई त्यस्ता फिल्महरू बनाएको आरोपमा पक्राउ गरिएको छ ।

अर्कोतर्फ, प्रहरीका सह आयुक्त मिलिन्द भारम्बेले प्रहरीले त्यस प्रकरणमा शिल्पा शेट्टीको कुनै सक्रिय भूमिका छैन । उनले यो पनि भने कि राज कुन्द्राले सोधपुछको क्रममा सबै आरोपहरू अस्वीकार गरेका छन् ।

सम्बन्धित खबरहरु