काठमाडौ । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा २० असारमा मृत भेटिएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण खुलेको छ ।

नेपाल प्रहरीले सफलता पाएको छ । भण्डारीको मृत आशंकामा खोजविन गरिरहेको प्रहरीलाई झस्काउने घटना ९ दिनपछि सतहमा आयो ।

ब्रह्मायणी सामुदायिक वनमा भण्डारीको लाश २० असारमा भेटिँदा घटनाले रहस्यमय मोड लियो ।

झण्डै एक महीनापछि शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले भण्डारी मृत्यु प्रकरणको पटाक्षेप भएको दाबी गरेको छ ।

चितवनका एसपी ओम अधिकारीले प्रेम सम्बन्ध असफल भएपछि सुजिताले आफैले मृत्युको बाटो रोजेको बताएका छन् ।

परिवारले पनि प्रहरी अनुसन्धानप्रति समर्थन जनाउँदै यो घटना तर्फ छोरी जान बाध्य बनाउने कसूरमा नाताभित्रकै प्रेमीविरुद्ध जाहेरी दिएको छ ।

भण्डारीकी काकाको छोरा झापा शरणामतीका सचिन भनिने सुकदेव भण्डारीविरुद्ध परिवारले जाहेरी दिएपछि उनी पक्राउ परेका छन् ।

उनी आफ्नै काकाका छोरा हुन् । उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । साथै उनीहरुबीच सम्बन्धपनि रहेको प्रहरीको दावी छ ।

काठमाडौंमा बीबीएस अध्ययन गर्ने सुकदेवको कान्छो काकाकी छोरी हुन्, सुजिता ।

प्रहरीका अनुसार नुवाकोट पुख्यौली घर भएका भण्डारी परिवारका सदस्यमध्ये सुजिताको बुबा यज्ञबहादुर भण्डारी चितवन र सुकदेवका बुबा झापाको शरणामतीमा बसाइँ सरेर गएका थिए ।

दाजुभाइ टाढाटाढा बसाइँ सरेपछि पहिले उनीहरुको भेटघाट पातलिएको थियो । तर पछिल्ला वर्षहरुमा फेसबुकमार्फत दुईबीचको सम्बन्ध घनिष्ठ बनेको थियो, त्यहीबीच सामाजिक सञ्जालबाटै प्रेम भयो ।

प्रहरीका अनुसार परीक्षा दिएर खाली रहेको समयमा उनी दिदीकहाँ बस्ने भन्दै काठमाडौं पनि गएकी थिइन् ।

सुकदेव पनि काठमाडौंमै अध्ययन गरिरहेका थिए । त्यसपछि दिदीसँग नभइ उनी सुकदेवसँगै बसिन् ।

प्रेममा सुकदेवले पनि सँगै बस्न इन्कार गरेनन् । सुजिताले उनलाई छुट्टै कोठा खोज्न पनि भनेको भेटिएको चितवनका डीएसपी सूर्य थापा बताउँछन् । तर लकडाउन भएपछि सुजिता चितवन फर्किएकी थिइन् ।

त्यहीबीच उनले सुकदेवसँग बिवाहको प्रस्ताव पनि राखिन् । त्यसपछि सुकदेव झस्किए । पारिवारिक खटपट हुने र सामाजिकरुपमा पनि समस्यामा हुने भन्दै उनी पछि हट्न खोजे ।

त्यसपछि दुईबीचको सम्बन्धमा दरार आयो । त्यसो त त्यसअघि प्रेम सम्बन्धलाई कसरी विवाहमा बदल्ने भनेर उनीहरुले विभिन्न विकल्पमा पनि छलफल गरेको देखिएको डीएसपी थापा बताउँछन् ।

विदेश जाने, भाग्ने वा गायब हुने योजना पनि बनेको युवकले बयानमा खुलाएको प्रहरी बताउँछ । तर यी कुनैपनि विकल्प काम नलागेपछि त्यो बाटो रोजेको युवकले स्वीकार गरेका छन् ।

सम्बन्धित खबरहरु