२०७८ साउन ९ गते, शनिवार, २४ जुलाई २०२१। आषाढ शुक्लपक्ष पूर्णिमा तिथि, प्रातः ८ः०१ बजेदेखि श्रावण कृष्ण प्रतिपदा। उत्तराषाढा नक्षत्र, १३ः३७ बजेदेखि श्रवण। चन्द्रराशि– मकर।

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : खुशी प्राप्त हुने खालको दिन छ ,आत्मविश्वास बढने, रमाइलो र मिठो खानपान हुन सक्ने ।

नयाँ प्रगतिका अवसरहरु आउने सम्भावना छ्, चिताएका कामहरुमा सफलता पाइने छ, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, आफनो क्षमता र अधिकारको सदुपयोग गरेर कुनै कार्य वा उद्देश्य पूरा हुने योग छ, राज्य प्रशासन वा उच्च अधिकारीहरुबाट सहयोग पाइने ।

कसै कसैलाई धार्मिक क्षेत्र वा विषयवस्तु तिर मन जान सक्ला । पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा शेयर हुने खालको दिन बन्ने सम्भावना छ ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : दिन प्रतिकुल हुन सक्ला । मेहनत गरे अनुसार फल प्राप्त नहुने प्रतिकुलता हरुसँग जुझनु पर्ला । सरकारी तथा कानूनी झमेला लाग्ने खालको दिन बन्ला , सचेत रहनु पर्नेछ । कसै कसैलाई पद तथा जिम्मेवारी बाट मुक्त हुने अवस्था नआउला भन्न सकिन्न । सचेत रहनु होला ।

मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) : समय अझै प्रतिकुल चल्न सक्छ । कार्यमा बिध्नबाधा जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज सचेत रहनु पर्नेछ ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : दिन अनुकुल रहनेछ । लाभकारक तथा सुखदायी बसाइ हुने । मान सम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, आर्थिक लाभ, धनको आगमन, स्वास्थ्य उत्तम वा रोगव्याधिको असरमा सुधार आउने ।

सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : दिन आर्थिक रुपले लाभकारक रहनेछ । महिलावर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभप्राप्त हुने, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउने छ । मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा नियन्त्रण राख्नुहोला ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : दिन अनुकुल रहने छैन । स्वास्थ्य स्थिती खस्कन सक्छ , कार्य हानी, धनवाकुनै प्यारो वस्तुको क्षति, अपयशको भागिहुनु पर्ने तथा बेकारमा दुखपाइने सम्भावना रहेको छ । अनावश्यक भेटघाट, सम्पर्क र चाहनाहरुबाट बाट जोगिनु पर्नेछ ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : ग्रहको खेलले जोश जाँगरमा कमी आउने अवस्था ल्याइदिन सक्छ, भोजन, खानपान लगायत निद्रामा असुविधाहुन सक्ने, कमजोरीले समस्या बल्मिmन सक्छ ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : मन खुशी हुने खालको दिन रहनेछ । धनलाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ वा खरिद हुने, यात्रावा भ्रमणको स्थिति बन्ने योग पनि प्रबल छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : दिन सोचे जस्तो नहुन सक्छ , शत्रु वृद्धि, धनको नोक्सानी, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटावको स्थिीति बन्न सक्नेछ । कसै कसैलाइ घरबाहिर बस्नु पर्ने अवस्था आउन सक्छ, विद्यार्थीहरुको पढाइमा मन नलाग्ने अवस्था रहन सक्छ ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : भाग्यले सहयोग गर्ने खालको दिन रहने छ । रोगव्याधिबाट मुक्ति, मान सम्मानाम बृद्धि, गरेका कार्यहरुमा सफलता, धातु, अन्नतथा वस्त्र सम्बन्धि लाभ हुने तथा शत्रुहरु पराजित हुने छन् ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) : दिन अनुकुल नरहन सक्छ। खर्चमा वृद्धि । कार्य हानी, धनहानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रागर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन रहनेछ ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : दिन सुखमय हुनेछ । कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, मित्र तथा भाइबहिनीहरुले साथ र सहयोग गर्ने । आय वृद्धि को बाटो फेला पर्न सक्छ, पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, पारिवारिक तथा जीवनस्तरमा बृद्धिको योग छ । व्यापारी वर्गलाई दिनअनुकुल छ ।

सम्बन्धित खबरहरु