जनबोली धार्मिक ब्यूरो । घरमा शान्तिपूर्ण वातावरण र धन दौलत सबैको इच्छा हो । तर हामीले नजान्दा त्यो गुमाइरहेका हुन्छ ।

आज हामी ८ कारण उल्लेख गरिरहेका छौ जसले घरमा अशान्ति र धनको कमी भइरहेको छ ।

हामी ती हटाउने जानकारीपनि दिन्छौ जसले सुख शान्ति र धनदौलत दिनेछ ।

ज्योतिषशास्त्रमा थुप्रै यस्ता कुराको बर्णन गरिएको छ जसले घर अशान्ति निम्त्याउछ साधारण लाग्ने यी कुराहरुले समस्या निम्त्याइ रहन्छ्न ।

हामीले यी सबै कुरा ख्याल गर्नुपर्छ ।

हामीहरु घरको मुख्य ढोकामा पानीको भाडो व जग राख्ने गर्दछौ यो गलत हो कहिल्यै पनि मुख्यद्वारको नजिक पानीले भरिएको पात्र राख्नु हुँदैन यदी राख्नै परेपनी उत्तर–पूर्व या दक्षिण पूर्व दिशामा राख्नुपर्दछ । यसरी राख्दा सधैं देब्रे पर्ने गरी राख्नुहोस जसले सुख भित्रन्छ

घरको मुख्यद्वारमा पानीको पात्र राख्नले घरमा आर्थिक संकट उत्पन्न हुने गर्दछ ।

घरको मुख्य व्यक्ति नै कुनै अरु घरभन्दा बाहिरकी स्त्रीसँग आकर्षित हुने गर्दछ । जसले गर्दा श्रीमान श्रीमतीबीच सधैं कलह रहन्छ ।

मुख्यद्वारमा राखिने पानीको पात्रले घर भित्र आउने सकारात्मक उर्जालाई सोसिदिन्छ ।

जसले गर्दा घरमा रोग, आर्थिक संकट, झगडा हुने गर्दछ । घरमा क्यालेन्डर राख्दा असाध्यै ख्याल गर्नुपर्ने हुन्छ ।

हामीले आफुलाई सुविधा हुने तरिकाले क्यालेन्डरलाई आफूलाई सजिलो हुने ठाउँमा राख्ने गर्दछौ तर यो गलत दिशा तर्फ राखियो भने बिपरित प्रभाब पार्ने गर्दछ । क्यालेन्डरलाई कहिलेपनी ढोकाको अगाडी पछी राख्नु हुँदैन ।

यसो गर्दा घरमा कुनै सदस्यको स्वास्थ्य गडबढी हुने र आयु कम हुने विश्वास छ ।

हामीले दैनिक प्रयोग गर्ने चक्कु, कैची जस्ता धार भएका बस्तु कहिलेपनी गलत दिशामा राख्नुहुदैन यीनिहरुलाई सधैं दक्षिण–पूर्व दिशामा राख्नुपर्दछ ।

घरमा कहिल्यै पनि टुटेको फुटेको भाडा राख्नुहुदैन शास्त्र अनुसार यस्ता भाडा राख्दा देवी लक्ष्मी दुखी हुने हुँदा घरमा दरिद्रता हुने मान्यता रहेको छ ।

घरमा फुटेको ऐना राख्नले पनि अशुभ हुने मान्यता रहेको छ यस्ता ऐना राख्दा घरमा नकारात्मक उर्जा सकृय हुने र घरमा अशान्ति हुने विश्वाश रहेको छ ।

आफू सुत्ने कोठामा जुठा भाडा राख्दा पनि गरीबी हुने मान्यता छ साथै तपाईं सुत्ने पलङमा कही दरार छ वा चर्केको फुटेको छ भने पनि श्रीमान श्रीमतीको सम्बन्ध बिग्रने डर हुन्छ ।

घरको तिजोरी वा धन राख्ने ठाउमा कुनै पनि विवाद सँग सम्बन्धित कागज पत्र राख्नुहुदैन यसो गर्दा झगडा कमी हुनुको साटो दरिद्रता बढेर जान्छ ।

धार्मिक ग्रन्थलाई कहिल्यै पनि भान्सा कोठा वा सुत्ने कोठामा राख्नु हुँदैन यसो गर्दा अपवित्र हुन्छ र नकारात्मक असर पर्न सक्छ ।

  • यो सबैका लागि जानकारीमुलक सामाग्री सेयर गर्नुहोस् ।

सम्बन्धित खबरहरु