काठमाडौ । धेरै मानिसहरुले पैसा त धेरै कमाउछन् तर जमाउन सक्दैनन् । कमाएको बेला जमाउन नसकेपछि पछि पछुताएर के गर्नु ?

वा हिजो कमाएको थिए भनेर के गर्नु ? यसैले आज हामी पैसा कमाउन र जमाउनका लागि गज्जबको उपाय दिँदैछौ ।

हामिले पैसा सेभिङ गर्दागर्दै पनि खर्च भइहाल्छ । हामिलाई पर्समा पैसा टिकिरहोस् भन्ने हुन्छ र विभिन्न उपायहरु सोच्छौ ।

यदि तपाइको पनि पर्समा पैसा अडिदैन भने केही उपाय अपनाउन सकिन्छ ।

कुनै दिन पारेर कुनै एक नोटमा रातो रंगको धागो बाँध्नुहोस् । त्यो नोटलाई घरको मन्दिर (पुजा गर्ने स्थान) मा राधाकृष्णको मुर्ति नजिक राख्नुहोस् ।

पैसा राख्ने क्रममा आर्थिक अवस्थामा सुधार होस् भन्दै कामना गर्नुहोस् । यसले तपाईलाई आर्थिक लाभ र आर्थिक उन्नतीका लागि सहयोग गर्छ ।

ज्योतिष शास्त्र अनुसार त्यही राशिको नोटलाई ४१ दिनसम्म नियमित दोहोर्‍याइरहनुहोस् ।

यदि तपाइले ५० को नोट राख्नु भएको छ भने अरु दिन पनि ५० कै नोटमा धागोले बाध्नुहोस् । यो क्रम ४१ दिन सम्म एक दिन पनि नछुटाइ गर्नुहोस् ।

एक दिन मात्र छुट्नु भयो भने यो साधना पूर्ण हुनेछैन । यसो गर्नाले तपाईको पर्सबाट पैसा बाहिर जाँदैन । धेरै मानिस कमाउँछन् ।

तर फजुल खर्च मात्र हैन नसोचेको अवस्थामा खर्च हुन्छ । केही न केही बिग्रि रहन्छ । स्वास्थ्य गडबढी भइनै रहन्छ ।

वा आफूले मात्र खर्च गर्नुपर्ने संगत फेला पर्छ । यो विधि अपनाएको खण्डमा यी सबै अवस्था टाढा जान्छन् र कमाएको रकम बचत हुन्छ । भविष्य सुनिश्चित हुन्छ ।

  • यो सबैका लागि आवश्यक सामाग्री सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु