काठमाडौं । अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् । सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् ।

पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौं नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । उनको सर्वप्रिय गीत ‘तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र’, जसमा शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठको रहेको छ ।

नेपालको मोबाइल रिङ्ग ब्याक टोनमा सर्बाधिक २,८२,७५७ पटक डाउनलोड भएको छ । जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोडन सकेका छैनन ।

०५२÷०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा ‘मनवा मन नै योगी बनाऊ’ बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् ।

मनोज शिवाकोटिसँगको विवाहबाट उनकी एक छोरी (परिशोतिका) छिन । उनीहरु अलग भएको धेरै वर्ष भैसक्यो । गत वर्ष उनले दोस्रो विवाह आफ्ना प्रेमी थिर कोइरालासँग भएको छ । उनीहरु अचेल अमेरिकामा छिन् ।

झण्डै १ महिना अगाडि उनले आफू केही समयको लागि अमेरिका जान लागेको उल्लेख गरेकी थिइन् । अमेरिकामा केही सांगीतिक कार्यक्रममा सहभागी हुन गएकी पन्त आफ्ना श्रीमान् थिर कोइरालासँग मस्ति गरिरहेकी छिन् ।

जुन २९ मा अमेरिका पुगेकी अन्जुले जुलाई १७ मा श्रीमान थीर कोइरालालाई अमेरिकामा स्वागत गरेकी हुन् । अहिले यो जोडी साथीहरुको साथमा अमेरिकाको विभिन्न शहरहरु घुमिरहेको छ । हालै उनले भर्जिनियाको समुन्द्रमा श्रीमान् कोइरालासँग बालुवामा रमाइरहेका तस्विर साझा गरेकी हुन् ।

सम्बन्धित खबरहरु