काठमाडौं । पछिल्लो समय साहसिक खेलका रुपमा रहेको बन्जी जम्पिङ एकदम लोकप्रिय छ । त्यसको डोरी नै नबाँधीकन बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान गएको छ । यो घटना नेपालको भने होईन, कोलम्बियाको हो ।

पछिल्लो समय मनोरञ्जनको रुपमा खेलिने खेलहरुमा सावधानी नअपनाउँदा यस्तो दुर्घटना हँदै आएका छन् । साहसिक खेल मानिने बन्जी जम्पमा पनि सावधानी नअपनाई डोरी नबाँधी हाम फालेपछि ती युवतीको मृत्यु भएको हो ।

विभिन्न समाचार एजेन्सीहरुका अनुसार उत्तरी कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेसको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको छ ।

बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक गलत इशाराबाट भ्रमित उनले हतारमै हाम्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

तत्कालै उद्धारकर्मीहरु घटनास्थलमा पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ । मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ ।

सम्बन्धित खबरहरु