काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्की गर्भावस्थाका कारण चर्चामा रहेकी छिन् । उनले सार्वजनिक गरेको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिकृयाहरु आइरहेका छन् ।

सामाजिक सञ्जालमा सकारात्मक टिकाटिप्पणी भन्दा नकारात्मक धेरै आएका छन् । सामाजिक सञ्जालमा कतिपयले प्रियंकाको क्रियाकलाप महिला सशक्तीकरणसँग जोडेर चर्चा गरेका छन् भने धेरैले सामाजिक विकृति समेत भनेका छन् ।

प्रियंकाको यो क्रियाकलापको बिषयमा भने अधिकांश कलाकर्मी मौन रहेका छन् । तर प्रियंकाको परिवारले भने उनको साथ दिइरहेको छ । प्रियंकाकी सासु रविनाले देशराज श्रेष्ठले समेत प्रियंकाको खुलेर साथ दिएकी छन् ।

रविनाले सामाजिक सञ्जालमार्फत एउटी गर्भवती महिलाको शरिर र बिकिनीमात्र देख्ने तपाई गलत भएको समेत बताएकी हुन् । उनले बुहारी प्रियंकाको समर्थन गर्दै बिकिनीमा प्रियंका अतिरिक्त सुन्दर देखिएको भन्दै प्रशंसा समेत गरेकी छन् ।

https://www.facebook.com/raveenadesraj/posts/368974167933198

सम्बन्धित खबरहरु