काठमाडौ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय हावर्ड मा भर्ना भएकी छिन्।
स्नातकोत्तर अध्ययनका लागि शृङ्खला हावर्ड मा भर्ना भएकी हुन्।
शृङ्खलाले त्यहाँ शहरी योजना विषयको अध्ययन गर्नेछिन्।
यसका लागि अब केही दिनमा उनी अमेरिका उड्दैछिन् । अमेरिका उड्नुअघि उनले आफूले चलाउँदै आएको कार बेच्न लागेकी छिन् ।
महेन्द्रा कम्पनीको सुप्रसिद्ध विद्युतीय कार सस्तोमा बेच्न लागेकी हुन् । उनले Mahindra E2o P8 Electric कार बेच्न लागेकी हुन् ।
उनले यो कार दुई बर्ष अघि मात्र खरिद गरेकी हुन् । मात्र ९ हजार ९ सय ५० किलोमिटर गुडेको यो कार उनले मात्र २५ लाखमा बेच्न लागेकी हुन् ।
यसको बजार मुल्य ३१ लाख रहेको छ । कार किन्न चाहानुहुन्छ भने ९८८६३५७४३९ मा सम्पर्क गर्नुहोला ।
हावर्ड मा अध्ययन गर्न पाउनु आफ्ना लागि हालसम्मकै खुशिको कुरा भएको शृङ्खलाले सामाजिक सञ्जालमार्फत बताएकी छिन्।
आफ्नो इन्स्टाग्राममार्फत हावर्डमा भर्ना भएको खुसी साटेकी शृङ्खलालाई मिस नेपाल आयोजक संस्था ’द हिडन ट्रेजर’, पूर्व मिस नेपाल निकिता चण्डकलगायतले बधाई दिएका छन्।
शृङ्खला पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक हुन्। उनले अब त्यहाँ शहरी योजना विषयको अध्ययन गर्नेछिन्।