काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण अलमुताइरीले राजीनामा दिन लागेको भनिएको छ ।

यो बीचमा नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गर्नुभएको छ ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गर्नुभएको थियो ।

तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गर्नुभयो । पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उहाँको दाबी रहेको छ ।

यद्यपि ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उहाँले स्विकार गर्नुभयो ।

उहाँका अनुसार एक दिनपछि सोध्दा महासचिवले अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभउको थियो । आफुले त्यही कुरालाई विश्वास गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

त्यसबाहेक अरु केही नभएको उहाँले बताउनुभयो । प्रशिक्षकको राजीनामा प्रकरणबारे एन्फाले समिति बनाएर छानविन गर्नुपर्ने उहाँको धारणा रहेको छ । आफु म दोषी देखिएँ फुटबल संघबाट राजीनामा दिन तयार हुनु भएका उहाँले अरु दोषी देखिए भागिदार हुन तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

अब्दुल्लाह अलमुताइरीले ‘डियर नेपाली फ्यान्स्, राजीनामा दिन एन्फा जाँदैछु,’ भनेर स्टास राख्नु भएको हो । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाईसमेत ‘मेन्सन’ गर्दै स्टाटस लेखिएको छ ।

सम्बन्धित खबरहरु