काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली राजनीतिमा खुबै चर्चित हुनुहुन्छ ।

उमेर निक्कै ढल्किसक्यो । देशमा पाचौँ पटक प्रधानमन्त्री बनिसक्नुभयो ।

यति चर्चित व्यक्तिका छोरा को हुनुहुन्छ होला ? यो समेत धेरैलाई थाहा छैन ।

के गर्नुहुन्छ त झनै थाहा छैन । देउवा पत्नी डा. आरजु राणाको सामाजिक सञ्जालमा आक्कल झुक्कल देखिने बाहेक उहाँ अरु कुनैपनि प्लाटफर्ममा देखिनुहुन्न ।

कुनैपनि सञ्चार माध्यममा समाचार बन्नुभएको छैन । बेला–बेला आरजुले फेसबुकमा देउवा दम्पतीका साथ उहाँका छोरा जयवीरसिंहको तस्बिर राख्नुहुन्छ ।

जयवीरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुनुहुन्छ । उहाँ विदेशमा बसेर अध्ययन सकाउनुभएको स्रोतको दावी छ ।

जयवीरसिंह देउवा अहिले नेपालमा नै हुनुहुन्छ । तर अरु नेताका छोरा जस्तो सचिवालय चलाउन भने बस्नुभएको छैन ।

केही दिन अघि आमा आरजु राणाले एक तस्विर बाहिर ल्याउनुभएको थियो । त्यस तस्विरमा धेरैले जयवीरसिंह देउवापनि अब राजनीतिमा आउँन लागेको आँकलन गरेका छन् ।

नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा बाहिरिएकाले देउवाले छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय बनाउँदै हुनुहुन्छ की भन्ने शंका छ ।

विदेशमा पढ्नुभएका जयवीर राजनीतिमा सक्रिय हुन सक्ने चर्चा चल्न थालिसकेको छ । किनकी उहाँले विदेशमा राजनीति शास्त्रमा नै स्नातकोत्तर सकाउन लाग्नुभएको छ ।

अहिले २७ वर्षका उहाँले बेलायतको यूनिभर्सिटी अफ योर्कबाट राजनीतिशास्त्रमा अध्ययन गरिरहनुभएको छ । देउवालाई पछिल्लो समय पुस्ता हस्तान्तरणको दवाव पनि छ ।

उहाँ आफैं ७० बर्ष माथि भएपनि सभापति हुने र आगामी चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुने सपना पालेर बस्नुभएको देखिन्छ ।

यदपि काँग्रेस पार्टीमा ६ जनाभन्दा बढी अध्यक्षका प्रत्यासी भएकाले अब भने पुस्तान्तरण हुने निश्चित जस्तै छ ।

आरजुले परिवार भनेको समुन्द्रमा आएको आँधीमा लाइफ ज्याकेट हो भन्दै छोरा र श्रीमान् बसेको तस्विर सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको सामाजिक सञ्जालमा हल्ला छ ।

उहाँले छोरालाई सक्रिय राजनीतिमा ल्याउन लागेको संकेतको रुपमा धेरैले बुझेका उहाँका एक कार्यकर्ताले भन्नुभयो गिरिजा प्रसाद कोइराला पछि काँग्रेस पार्टीमा खासै नेतृत्व नहुनाले युवा पुस्तबाट जयवीरलाई ल्याउन खोजिएको हो ।

देउवा नाताका हिसाबले राजा ज्ञानेन्द्रको साँढूभाइ समेत हुनुहुन्छ । शाही शासन सुरु हुनु अघि उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो ।

अब काँग्रेसको नेतृत्वमा खान्दानी पुस्ता ल्याउन खोजिएको हो भन्ने अडकल सजिलै लगाउन सकिन्छ एक राजनीतिक विश्लेषकले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु