काठमाडौ । अधिकांश नेपालीलाई पूर्व राजा स्व. बीरेन्द्र बीर बिक्रम शाह र पूर्व राजा ज्ञानेन्द्र बीर बिक्रम शाह दाजु भाई हुनुहुन्छ ।
तर सबैलाई थाहा नहुन सक्छ पूर्व रानी स्व. ऐश्वर्य राज्यलक्ष्मी शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह एउटै कोखका दिदिबहिनी हुनुहुन्छ ।
हो उहाँहरु एउटै कोखका दिदिबहिनी हुनुहुन्छ । हो उहाँहरु श्री ३ जंगबहादुर राणा परिवारमा जन्मिनुभएको थियो ।
राणा परिवार मा (पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट २००६ मा ऐश्वर्य राज्यलक्ष्मी शाहको जन्म भयो ।
यसैगरी उनै बाबु आमाबाट कोमल राज्य लक्ष्मी देवी शाहको २००६ सालमा जन्म भयो । उहाँहरुबीच १८ महिनाको जन्मअन्तर छ ।
ऐश्वर्य राज्यलक्ष्मी शाह बीरेन्द्र राजा बनेपछि रानी बन्नुभयो । कोमल राज्य लक्ष्मी देवी शाह ज्ञानेन्द्र शाह राजा बन्दा रानी बन्नुभयो ।
ऐश्वर्य नेपाली भाषामा गीत तथा कविताहरू रचना गर्नुहुन्थ्यो । उहाँको साहित्यीक नाम चादनी शाह हो ।
कोमल राज्य लक्ष्मी देवी शाह २०६५ जेठ १५ मा नेपालको राजतन्त्र अन्त्य हुनु अघि नेपालको अन्तिम महारानी हुनुभयो ।
अर्को रोचक के छ भने उनै बीरेन्द्र र ज्ञानेन्द्रका भाई अधिराजकुमार धिरेन्द्रलेपनि उनै ऐश्वर्य र कोमलकी बहिनी प्रेक्षासँग बिबाह गर्नुभएको थियो ।