काठमाडौ । शासन शक्तिलाइ दरवारिया र बाहिरिया षड्यन्त्रबाट बचाउन अपनाइएको (राज घरानासँग बिबाह) को योजना जंग बहादुर राणले सुरु गर्नुभएको थियो ।

नेपालको इतिहासमा बि.स. १९०३ असोज २ गते राती गगन सिङ्ग खवासपछि सोहि रात राज्यका शक्तिशाली भाई भारदारहरु सकिने गरि घटाइएको घटनालाई इतिहासमा कोत पर्वको नाममा बर्णन गरिएको छ।

उक्त घटना पछि महत्वकांक्षी बीर नर्सिङ्ग कुवर (जंग बहादुर) ले नेपाल अधिराज्यको शासन शक्ति आफ्नो हातमा लिनुभयो ।

राजा राजेन्द्र तथा कान्छी महारानी राज्य लक्ष्मी देवीलाई बनारस निर्वासित गरि युबराज सुरेन्द्रलाइ राजा बनाई सुरेन्द्रबाट लम्जुङ्ग र काँस्कीको श्री ३ महाराजको पद प्राप्त गरि श्री ३ महाराजको नामबाट श्री ५ महाराजधिराजमा निहित रहेको अधिकार र अधिराज्यको शासन सन्चालन गर्ने बागडोर आफ्नो हातमा लिई एक तन्त्रिय जहानिया शासन कायम सुरु भयो ।

यसरि बिभिन्न षड्यन्त्रले कब्जा गरिएको शासनको बागडोरलाइ कालन्तर सम्म निरन्तरता दिन, राणा शासन दिगो बनाउन उहाँले अर्को कुटिल योजना बनाउनुभयो जसमा उहाँ सफल पनि हुनुभयो ।

त्यो कुटिल योजना थियो शाह घराना (ठकुरी घराना) सँगगराई राणा शासन दिगो पार्ने ।

जंग बहादुरले सुरु गरेको शाह घरानासँगको परम्परालाई बीर शमशेर, चन्द्र शमशेर, भीम शमशेर, जुद्ध शमशेरहरुले पनि निरन्तरता दिनुभयो । जुन यद्धपि कायम नै रहेको देख्न सकिन्छ ।

बि.स. १९११ मा आफ्ना ७ बर्ष २ महिनाको नाबालक छोरा जगत जंगको राजा सुरेन्द्रकी ६ बर्षिया जेठी छोरी टिका राज्य लक्ष्मी शाह र बि.स. १९१२ मा अर्को छोरा जीत जंगको राजा सुरेन्द्रकी माहिली छोरी नरेन्द्र लक्ष्मी शाह संग बिबाह सम्पन्न गराएर चन्द्र सम्शेरले यो अभियान थाल्नुभयो ।

यस्तै आफ्नी पत्नी नन्द कुमारी तर्फकी छोरी तारा कुमारी राणा र अर्की पत्नी हिरण्यगर्भ देवी तर्फकी जेठी छोरी ललित राज्यस्वरी राणाको बि.स. १९२७ मा राजा सुरेन्द्रका जेष्ठ सुपुत्र युबराज त्रैलोक्य संग एक साथ बिबाह समपन्न गराएर परिवार भित्रै एक अर्कामा षड्यन्त्र नहुनेगरी लगन बाँधियो ।

बीर शमशेरले पनि राजा सुरेन्द्रको भाई सहेबज्यु उपेन्द्रकी छोरी मुनिद्र राज्यस्वरी शाह संग बिबाह गर्नुभएको थियो ।

ठुलो बुबा रणोद्वीप सिंहपछि आफ्नो शासन मजबुत बनाउन राज घरानासँग यहि प्रक्रियालाइ अपनाएका उहाँलेपनि बागडोरता सम्हाल्नुभयो ।

बि.स. १९४८मा आफ्नी कान्छी पत्नी तोप कुमारी तर्फकी छोरीहरु कीर्ति दिव्यश्वरी राणा र दुर्गा दिव्यश्वरी राणाको बिबाह राजा पृथ्बी बीर बिक्रम संग एक साथ गरिदिएर उहाँलेपनि यो परम्परा धान्नुभयो ।

यसै गरि चन्द्र शमशेरले पनि बि.स. १९६१ मा आफ्ना १३ बर्षिय छोरा केशर शमशेरको पृथ्बी बीर बिक्रमकी जेठी छोरी लक्ष्मी राज्य दिव्यश्वरी शाह संग र बि.स. १९६२ मा १२ बर्षिय छोरा सिंह शमशेरको पृथ्बी बीर बिक्रमकी माहिली छोरी रमा लक्ष्मी राज्य शाह लक्ष्मी संग र बि.स. १९६६ मा १० बर्षिय छोरा कृष्ण शमशेरको पृथ्बी बीर बिक्रमकी साहिली छोरी तारा राज्य लक्ष्मी शाह संग बिबाह सम्पन्न गराउनुभएको थियो ।

यो राज घरानासँग बिबाह गर्ने परम्परालाइ भीम शमशेरले पनि निरन्तरता दिन नचुकेको इतिहास केलाउँदा देखिन्छ ।

भीम शमशेरले पनि राजा पृथ्बी बीर बिक्रम शाहकी कान्छी छोरी सुमन राज्य लक्ष्मी देवी शाह संग बीर शमशेरका नाती गेहेन्द्र शमशेरको छोरा सुर शमशेर संग बि.स. १९८७ मा बिबाह सम्पन्न गराउनुभयो ।

यसै गरि जुद्ध शमशेरले पनि राजा त्रिभुवनका छोरा युबराज महेन्द्र संग आफ्ना नातिनीहरु हरि शमशेरकि जेठी छोरी इन्द्र राज्य लक्ष्मी संग बि. स. १९९७ बैशाख २९ गते बिबाह सम्पन्न गराएर यो क्रम अघि बढाउँदै लैजानुभयो । २००९ साल मङ्सिर २५ गते हरि शमशेर कै कान्छी छोरी रत्न राज्य लक्ष्मी संगपनि महेन्द्रलाई बिबाह गराइयो ।

यस्तै महेन्द्रका भाइ हिमालय बीर बिक्रमसंग जुद्ध शमशेरले आफ्ना पनातिनी बहादुर शमशेरकि नातिनी नर शमशेरकि जेठी छोरी प्रिन्सेप संग बि.स. २००१ फागुनमा र बसुन्धरा बीर बिक्रमसंग कान्छी पनातिनी हेलेन संग बि.स. २००२ जेष्ठमा बिबाह गराउनुभयो ।

यसको लगतै बि.स. २००२ आषाढमा जुद्ध शमशेरले राजा त्रिभुबनकी छोरीहरुको बीर शमशेरका पनातिहरु गेहेन्द्र शमशेरको नातिहरु एक राज शमशेरका छोराहरु सुवर्ण शमशेर, इन शमशेर र अखण्ड शमशेर संग बिबाह गर्ने निर्णय गर्ने पक्का भएको थियो ।

तर जुद्ध शमशेर राजर्षी भएर हिडे पछि राजा त्रिभुवनले जुद्ध शमशेरको निर्णय बदर गरि आफ्ना छोरीहरुको बिबाह भारतका राजपूत संग गरिदिएको देखिन्छ । यस भन्दा अघि नै जुद्ध शमशेरले राजा त्रिभुवनका छोरीहरु त्रिलोकी राज्य लक्ष्मी र बिजया राज्य लक्ष्मीको बिबाह आफ्ना छोराहरु शान्त शमशेर र रवि शमशेरसंग बिबाह गराईसक्नुभएको थियो ।

यी विवरण हेर्दा राजा त्रिभुवन मात्र यो बिबाहको विपक्षमा भएको प्रस्ट देख्न सकिन्छ ।

तर त्रिभुवनका छोराहरु पूर्व राजा स्व. बीरेन्द्र बीर बिक्रम शाह, पूर्व राजा ज्ञानेन्द्र बीर बिक्रम शाह साथै उनका भाई स्व. धिरेन्द्र बीर बिक्रम शाहले एउटै राणा बाबुका छोरीहरु बिबाह गर्नुभएको छ ।

उहाँहरुले केन्द्र शमशेर जबराका छोरीहरु क्रमश पूर्व रानी स्व. ऐश्वर्य राज्यलक्ष्मी शाह, पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह र पूर्व अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मी शाहसँग बिबाह गर्नुभयो । यसैले अहिलेपनि यो बैबाहिक परम्पराले अहिले निरन्तरता पाइरहेको देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु