काठमाडौ । नेपालको रहस्यमयी दरबारकाण्डले बेला बेला सबैलाई सोच्न बाध्य बनाउँछ ।

एकपछि अर्को भएका घटना सम्झिने हो भने यो घटना अहिले भएका यीनिहरुले नै घटाएको हैन र भन्न नसक्ने कुनै ठाउँ छैन ।

तर एकिन भएर बोल्ने कोही छैन ।

दरबारकाण्डकी साक्षी पूर्व राजा स्व. बीरेन्द्र बीर बिक्रम शाह र पूर्व राजा ज्ञानेन्द्र बीर बिक्रम शाह, पूर्व अधिराजकुमार धिरेन्द्र बीरेन्द्र बीर बिक्रम शाहकी श्रीमती अर्थात पूर्व रानी स्व. ऐश्वर्य राज्यलक्ष्मी शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहकी कान्छि बहिनी प्रेक्षा राज्य लक्ष्मी देवी शाह रारा तालमै हराएकी छिन् ।

प्रेक्षा शाह कात्तिक २०५८ सालमा रारा तालमा हेलिकप्टर दुर्घटनामा परेर वेपत्ता भएको भनिएको छ ।

उहाँ दुर्घटनामा पर्दा दरबारकाण्ड भएको साढे ५ महिनामात्रै भएको थियो । दुर्घटना हुँदा हेलिकप्टरमा ६ जना रहेको र ती मध्ये तीन अझैं हराइरहेको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

तर, को –को हराइरहेका छन् र क–कसको मृत्यु भएको भन्नेबारे चाहिँ केहि खुलाइएको छैन ।

यति मात्र हैन उहाँहरु किन त्यता तर्फ जानुभयो भन्नेपनि केही सूचना बाहिर आएको छैन ।

यस्तै सरकारकै अर्को निकाय नेपाल उड्ययन प्राधिकरणको अभिलेखमा रारा दुर्घटनामा ४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । यसमा पनि अरु थप भने केहि खुलाइएको छैन ।

दुर्घटनाबारे दुई फरक–फरक विवरणले पनि घटनालाई रहस्यमयी र संकास्पद बनाएको छ ।

यस्ता घटना थाहा पाउँदा तपाई जो कोहीलाई लाग्दैन यो निक्कै ठूलो षड्यन्त्र हो । यसको पर्दाफास गर्नसक्ने अहिलेपनि यही जीवित नै छन् ।

 

सम्बन्धित खबरहरु