काठमाडौं । त्रिभुवन विश्वविद्यालय अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको हो । सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह प्रथम वर्ष दोस्रो शत्र २०७६ समुहको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना प्रकाशित भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार सञ्चालन हुने स्नातकोत्तर तह भूगर्भशास्त्र, इन्जिनियरिङ्ग जियोलोजी, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि, वनस्पतिशास्त्र, गणित, माइक्रोबायोलोजी, प्राणी शास्त्र, रसायनशास्त्र, भौतिकशास्त्र, तथ्यांकशास्त्र, वातावरण विज्ञान , जैविक प्रविधि, खाद्यप्रविधि, जल तथा मौसम विज्ञान, Environmental Health In Disaster र Biodiversity and Environmental Management (BEM) विषय प्रथम वर्ष दोस्रो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा आवेदन फारम २०७८ साल भदौ ८ गतेसम्म बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित केन्द्रीय विभाग÷क्याम्पस÷कलेजहरुले फारमहरु रुजु गरी मिति २०७८ साल भदौ १० गते सम्ममा यस कार्यालयमा अनिवार्य रुपमा बुझाउनु पर्नेछ।

सम्बन्धित खबरहरु