काठमाडौं । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको बढेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको हो गत आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै आज ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस्तो जानकारी दिएको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँमा कायम भएको छ । अर्कोतिर चाँदीको मूल्य भने गत आइतबारकै मूल्य कायम हुँदै सोमबार पनि प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि, आइतबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको थियो । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुग्यो । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको थियो । कूल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।

सम्बन्धित खबरहरु