काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि एमाले नेताले भोट माग्नु भएको छ । पूर्वमन्त्री एवं युवा नेता योगेश भट्टराईले पौडेलको पक्षमा भोट माग्नु भएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भरतमणिको पक्षमा भोटका अपिल गर्नुभएको हो । नेता भट्टराईको गृहजिल्ला ताप्लेजुङका पौडेल नेपाली दर्शकमाझ चर्चित बन्नु भएको छ ।

हास्यव्यंग्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन २ को भोटिङ राउन्डअन्तर्गत ६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । तीमध्ये एकजना भरतमणि पनि हुनुहुन्छ । उहाँले लेख्नु भएको स्टाटस यस्तो रहेको छ, ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन दुईका प्रतिस्पर्धीहरु सबै अब्बल छन् ।

त्यसमध्ये पनि भरतमणि पौडेलचाँहि मलाई हाँस्य ब्यंङग क्षेत्रको उदाउदो मणि जस्तो लाग्छ । कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ÷घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन् , त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन् ।

त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यीनको दौडमा भोटमार्फत् होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूती गर्नुहुनेछ । यो मेरो व्यक्तिगत अनुभूती मात्रै हो । बाँकी निर्णयको अधिकार त तपाँइकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ । धन्यवाद ।’

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/4501121053233436

सम्बन्धित खबरहरु