काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय काठमाडौंले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो । विद्यावारिधि तहको पीएच.डी को प्रथम सेमेष्टरको परीक्षा सञ्चालन सम्बन्धमा आवेदन फारम भर्ने सम्बन्धी सूचना प्रकाशित भएको छ ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरद्वारा सेमेस्टर प्रणालीअन्तर्गत विद्यावारिधि तहको २०७८ सालमा सञ्चालन हुने प्रथम सेमेस्टर २०७७ व्याजको परीक्षाका लागि परीक्षा आवेदन फारम भरेर २०७८ साउन मसान्त भित्रमा यस कार्यालयमा अनिवार्य रुपमा बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

फारम तथा बैंक भौचर यस कार्यालयको इमेल ठेगानामा पठाउन सकिनेछ । प्रवेशपत्र लिन आउँदा बैंक भौचर र फारमको सक्कल प्रति लिएर आआउनुपर्नेछ ।’ परीक्षा शुल्क रु २५०० तोकिएको छ ।

सम्बन्धित खबरहरु