काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नयाँ सूचना जारी गरेको हो ।

चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय चौथो वर्ष आठौं सत्र २०७३ समुह र दोस्रो वर्ष चौथो शत्र २०७५ समूहको परीक्षा तालिका सम्बन्धी सूचना प्रकाशित भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको विषय चौथो वर्ष आठौं सत्र २०७३ समुह र दोस्रो वर्ष चौथो शत्र २०७५ समुहको नियमित तथा सोही सत्रको सोभन्दा अगाडिका समुहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

साथै त्रिविले उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूको निमित्त पुनः अर्को व्यवस्था नगरिने जानकारी गराएको छ । त्रिवि विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन । अन्य जानकारी तल हेर्न सक्नुहुन्छ

सम्बन्धित खबरहरु