वेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको एक निर्वाचन ‘बु*थ’ क*ब्जा गर्न खोज्दा चुनाव स्थल रणभूमिमा परिणत भएको छ ।

सात वटा बु*थमध्ये एन्टर्पेन बु*थमा मतगणनाको अन्तिम समयमा अपरिचित मान्छेहरुको समूहले बु*थ क*ब्जा गर्न खोज्दा अवस्था गम्भीर बनेको हो ।

स्थानीय समयअनुसार २५ जुलाईका दिन उक्त घटना घटेको हो ।

एन्टर्पेन बु*थमध्ये अन्य ६ वटा बु*थमा एनआरएनए बेल्जियमको निर्वाचन शान्तिपूर्ण रुपमा भएको छ ।

तर, आन्तोर्पेनमा भने निर्वाचनको समय सकिनै लाग्दा ४ः ४५ मा ४–५ जना विदेशी मुलका व्यक्तिहरु एक्कासी हलभित्र प्रवेश गरेर मतपेटिका तानेर फुटाउन थालेपछि दुई पक्षबीचमा लडाईको अवस्था सिर्जना भएको थियो ।

दुई पक्षबीचमा लडाई भएपछि सुरक्षाकर्मी, निर्वाचन आयुक्त र महिलालगायत उपस्थित भएकाहरुले प्रतिरोध गरे ।

हालसम्म पनि उक्त घटना किन र कसले, केका लागि घटाउन खोजेको थियो भनेर विस्तृत विवरण आइनसकेको बताइएको छ ।

दुई पक्षबीच लडाई भएपछि मतगणना पनि स्थगित भएको छ ।

त्यस दिन हलमा उपस्थित भएकाहरुले बु*थमा हस्तक्षपकारीहरुले बु*थमा हस्तक्षप गर्नुअघि पनि छिरेको बताएका थिए ।

आफूहरुलाई अध्यक्षका उमेदवार चेतप्रसाद भट्टको छोराले बोलाएर आएको बताएका थिए ।

क*ब्जाकारीलाई अहिले कानुनी कार्बाहीको लागि बेल्जियम प्रहरीमा बुझाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

घट्ना घटेपछि एन आर एन बेल्जियमको सदस्य बितरण तथा नबिकरण समितिको संयोजक तिर्थ धमलाले नियोजित रुपमा उक्त घटना घटेको भन्दै निष्पक्ष छानविन गर्न प्रेस विज्ञप्तिमार्फत भनेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘चरम लापरबाही सदस्यता भैसकेको ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने हरेक दिन हरेक घण्टा घण्टामा फरक फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लोक दाहाल लगाएतले एक पक्षिय नामको मात्रै रुजु गर्ने भएको नाम पनि छिन छिनमै विभिन्न क्षेत्रमा पार्ने कहिले अर्कै क्षेत्रमा पार्ने काम भएकोले त्यसको निस्पक्ष छानबिन गरियोस र वर्तमान सदस्यता बितरण समिती र निर्वाचन समितिलाई भविष्यमा यस्तै सामाजिक जिम्मेवारि नदिन अपिल गर्दछौं।’

घटना हुँदा कोषाध्यक्षका उम्मेदवार लोकेन्द्र नेपाल, एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष सारदा अर्याल, क्षेत्री समाज बेल्जियमकी अध्यक्ष मुना केसीमाथि क*ब्जाकारीहरु ओइरीएका थिए । त्यसपछि उनीहरु गम्भीर घाईते भएका छन् ।

यसपटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवसायी अनुजा प्रधान र सीपी भट्टको उम्मेद्वारी परेको छ ।

अध्यक्षको दावी गरिरहेका तीनैजना उम्मेद्वारहरु बेल्जियमका ब्यवसायी रहेका छन् । भट्ट भने अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य पनि हुन् ।

निर्वाचनमा विभिन्न पदका लागि कूल ३६ जनाको उमेदवारी परेकामध्ये केसी समूहबाट १० भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

सम्बन्धित खबरहरु