काठमाडौं । नेपालमा आज सुनको मुल्य घटेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गएको सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुन एक धातु हो जसको ल्याटिनमा चिन्ह Au रहेको छ यसलाई भन्दा अउरम(Aurum) वा छोटकरिमा Au पनि लेखिन्छ। यो एक (रासायनिक तत्व हो। यसको परमाणु संख्या ७९ हो। सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ ।

सम्बन्धित खबरहरु