आज बि. सं. २०७८ साउन १३ गते, बुधवार, २८ जुलाई २०२१।

श्रावण कृष्णपक्ष पञ्चमी तिथि।

पूर्वभाद्रपदा नक्षत्र, १३ः३३ बजेदेखि उत्तरभाद्रपदा।

चन्द्रराशि– कुम्भ, ७ः२० बजेदेखि मीन।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ : आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाकाे लाेभले फजुल खर्च गराउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो : आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रयत्न गर्दा नयाँ काम फेला पर्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह : पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो : आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। धार्मिक तथा सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। राेकिएकाे काम सम्पादन गर्न केही समय लाग्नेछ। आफ्ना लागि फाइदा नभए पनि सेवामूलक कामले उत्साह जगाउनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे : अवसरका लागि केही दौडधुप गर्नुपर्ला। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। जिम्मेवारी बढ्नेछ तर स्वास्थ्य कमजाेर हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि व्यवस्था मिलाउने समय छ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनपर्ने उपहारले प्रसन्नता दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते :  चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु : श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे : परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम सिद्ध गर्न समय लाग्नेछ। हतारकाे निर्णयले विपरीत परिणाम निम्त्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि : छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द : नयाँ जिम्मेवारी वहन गर्ने समय छ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्, तर अहिलेको मिहिनेतले पछिलाई फाइदा हुनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि : मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा धेरै समय दिन नसकिएला। तापनि प्रयत्न गर्दा अवसर भने पाइनेछ।

सम्बन्धित खबरहरु