काठमाडौं । लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरले महत्वपूर्ण सूचना जारी गरेको छ ।

आयोगले देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम, थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरुर दरखास्त फारामको प्रथम र तृतीय पाना २-२ प्रति भरी योसूचना प्रकाशन भएको मितिले ७ दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनुपर्नेछ ।

आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरु नपु¥याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ। छनौट भएका उम्मेदवारहरुले देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।

सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ ।

सम्बन्धित खबरहरु