काठमाडौं । बादल फाट्ने समस्याका ४ जनाको मृत्यु भएको छ । भारत, जम्मू कश्मीरको किश्तवार जिल्लामा रहेको होन्जर गाउँमा चार जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कम्तिमा ३०–४० व्यक्ति हराइरहेका छन् ।

बुधवार बिहान जम्मू क्षेत्रको किश्तवाढ जिल्लाको होन्जर गाउँबाट ४ जनाको लाश निकालिएको हो । अन्य धेरै जना हराइरहेका हुँदा मृतक संख्या थप बढ्ने देखिएको छ । अहिले उद्धार टोली घटनास्थलमा पुगेको छ, उद्धार कार्य भइरहेको छ ।

एक अधिकारीका अनुसार आज बिहान ४ बजेतिर किश्तवार जिल्लाको डाचन क्षेत्रको होन्जर गाउँमा बादल फाटेको थियो । आफुहरुलाई २८ जना हराइरहेको रिपोर्टहरू प्राप्त भएको उनले जानकारी दिएका छन् । खोजी र उद्धार कार्य सुरू गरिएको छ । उनले कुनै आधिकारीक जानकारी आउन सकेको छैन । त्यस क्षेत्रमा कुनै मोबाइल फोन सम्पर्क छैन ।

किश्तवार जिल्ला प्रहरी प्रमुख एसएसपी शफकत भटले भने, ‘भग्नावशेषबाट हामीले हालसम्म ४ वटा लाशहरू फेला पारेका छौं । हामी विश्वास गर्छौं कि गाउँमा ३० देखि ४० व्यक्तिहरू थिए, जब यो घटना भयो ।’ किश्तवार शहर जम्मूबाट करीव २०० किलोमिटर टाढा रहेको छ । दचन किश्तवार जिल्लाको दुर्गम र पहाडी क्षेत्र हो ।

सम्बन्धित खबरहरु