काठमाडौं । नेपालमा आज सुनको मूल्य ३ सयले बढेको छ । नेपाली बजारमा बुधबार सुन तोलामा ३ सयले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको हो । सो मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम रहेको छ । अर्कोतिर चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ । मंगलबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि, निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन हुन थालेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । राजमार्गमा पेट्रोलबाट चल्ने सवारी साधनहरू चल्न थालेपछि पेट्रोल–डिजलको आयात बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ । एक महिना अघि दैनिक बरौनीबाट ३३ वटा ट्यांकर पेट्रोल लिएर वीरगन्ज नाका आउँथ्यो ।

अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ट्यांकरहरु आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि कडा निषेधाज्ञा जारी रहँदा पेट्रोलियम पदार्थको खपत घटेको थियो ।

सम्बन्धित खबरहरु