काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल पुष÷माघ महिनामा सञ्चालन भएको स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष दोस्रो सत्र २०७५ समुहको नियमित तथा शत्रको सो भन्दा अगाडिका समुहको आंशिक परीक्षाफल विज्ञान तथा प्रविधि संस्थान परीक्षा सञ्चालक समितिको निर्णयनुसार प्रकाशित गरिएको छ ।’

लब्धाङ्कपत्र सम्बन्धित केन्द्रीय विभागबाट प्राप्त हुने जानकारी पनि त्रिविले दिएको छ । परीक्षाफल सकेसम्म त्रुटीरहित होस भन्ने उद्देश्य राखेर प्रकाशित गरिएको भए तापनि छपाईं तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेख बाट सच्याइने व्यहोरा पनि अवगत गराइएको छ । पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र आवेदन दिइसक्नु पर्ने पनि स्पष्ट पारिएको छ । नतिजा तल राखिएको छ

सम्बन्धित खबरहरु