जनबोली धार्मिक ब्यूरो । शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् ।

जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ ।

कुनै स्त्रीलाई सुन्दरताको प्रसंशा गर्नुपर्यो भने ओ हो तिमी त अप्सरा जस्तै राम्री रहिछौँ भन्ने गरिन्छ ।

तर धेरैलाई थाहा नहुन सक्छ आखिर अप्सरा को थिए । कस्ता कस्ता थिए ।

कस्तो हुँदा अप्सरा जस्तै भइनेरहेछ त त्यो थाहा पाउँन अप्सराका बारेमा जान्नुहोस् । इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५ अप्सराका बारेमा जान्नुस् ।

रम्भा : इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग, मत्र्य, पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रुपमा बस्ने गर्थिन् । रावण रम्भासँग मोहित भएका थिए र उनले रम्भासँग सम्बन्ध गाँस्न चाहेका थिए । अति नै सुन्दरी स्त्री भनेर रम्भालाई लिने गरिन्छ ।

उर्वशी : महाभारतमा उर्वशीको सुन्दरताको बर्णन पाइन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् । त्यसैले अर्जुनको युवती अवतारका बारेमा समेत बयान गरिएको छ ।

मेनका : ऋषि विश्वामित्रले एकताका कठीन तपस्या गरेका थिए । ऋषि विश्वामित्रको ध्यान भंग गर्न इन्द्रले मेनका नाममा अप्सरा धर्तिमा पठाएको कथन छ । मेनकाको रुप देखेर मोहित भएपछि ऋषि विश्वामित्रले ध्यान तोडेका थिए । पछि ऋषि विश्वामित्र र मेनका विवाहबन्धनमा बाँधिएका थिए । र, शकुन्तला नामकी पुत्रीको जन्म दिएका थिए ।

तिलोत्तमा : स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराका रुपमा तिलोत्तमाको नाम अगाडि आउँछ । पृथ्वीको निर्माण गर्दा ब्रम्हदेवले संसारका सबैभन्दा सुन्दरतम वस्तुहरू संकलन गरेर तिलोत्तमाको निर्माण गरेको कथन पाइन्छ ।

पुंजिकस्थला : ध्यान बसिरहेका ऋषिको रुप देखेर पुंजिकस्थला अप्सराले खिल्ली उडाएकी थिइन् । उनको ब्यवहारका कारण ऋषि रिसाएर ऋषिले पुंजिकस्थलालाई बाँदरको अनुहार हुने श्राप दिएका थिए । पछि पुंजिकस्थालाले अन्जनीको रुपमा बाँदर जातिका जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएको शास्त्रमा उल्लेख पाइन्छ । एजेन्सी

सम्बन्धित खबरहरु