काठमाडौ । कोही व्यक्तिसँग केही समय संगत गर्नासाथ महिलाहर किन हुरुक्कै हुन्छन् ? धेरैलाई सोच्न बाध्य बनाउँछ ।

अनुहार हेर्दा त्यस्तो छ तरपनि हेर न कस्तो सुन्दरी केटी साथमा लिएर हिँडेको छ ।

बाटोमा झट्ट देख्दा बेमेल जस्तो जोडीका लागि मानिसहरुको शब्द निस्किरहेको हुन्छ ।

तर के थाहा त्यो पुरुषको खास गुणका लागि ति स्त्री हुरुक्क भएकी हुन् भनेर । यसैगरी धेरै पुरुषहरु यो सोचिरहेका हुन्छन् की महिलाहरुलाई कसरी आकर्षित पार्ने भनेर ।

तर उनीहरुलाई सहि तरिकाहरु थाहा नभएर नतिजा आइरहेको हुँदैन । महिलाहरुले कस्ता गुण भएका पुरुषहरुलाई मन पराउछन भन्ने विषयमा धेरैजसो पुरुषहरुले ध्यान दिएको पाइन्छ ।

यही विषयलाई ध्यान दिएर वैज्ञानिकको टोलीले महिलाहरुले पुरुषमा चाहने गुणका बारेमा अनुसन्धान गरेका छन् ।

अनुसन्धानबाट बैज्ञानिकहरुले पुरुषबाट महिलाले चाहने १०गुण पत्ता लगाउन सफल भएका छन् ।

यस्तो छ पुरुषका १० गुण जसले महिलाहरु हुरुक्कै हुन्छन्

गुड लुक्स : दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् । छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै सुन्दरतामा ध्यान दिन्छन् ।

सेन्स अफ ह्युमर : हसाउने खालका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको धाराणा रहेको हुन्छ ।

नरम हृदय : नरम हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।

बढी उमेरका पुरुष : आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न महिलाहरु बढी रुचाउछन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी हुने उनीहरुको विश्वास छ ।

दाह्री र जुँगा : मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु एकदमै आकर्षित हुने गर्दछ ।

सहमत : जे कुरामा पनि सहमति जनाउने खालका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

जनवार प्रेमी : जो पुरुष जनावरहरुसँग खेल्न रुचाउछन् त्यस्ता पुरुषहरुलाई महिलाहरुले असल प्रेमीको रुपमा लिएको हुन्छ ।

रातो रङ मिसिएको पोषाक : रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्दछन्

सहयोगी : समस्यामा परेकाहरुलाई उद्धार गर्न तयार रहने र साहसिक काम गर्न रुचाउने पुरुषहरु महिलालाई मन पराउछन् ।

लवाई खवाई र सम्पन्न व्यवहार : लवाई खवाई र सम्पन्न व्यवहार देखिने पुरुषहरु महिलाको विशेष रोजाईमा पर्ने गर्दछ ।

सम्बन्धित खबरहरु