काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र चीनका प्रधानमन्त्री लि खछयाङबीच कुराकानी भएको छ । उहाँहरुबीच भएको कुराकानीमा नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवालाई बुधबार टेलिफोन मार्फत बधाइ दिने क्रममा चिनियाँ प्रधानमन्त्रीले यस्तो कुरा बताउनु भएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताउनु भएको छ ।

चिनियाँ प्रधानमन्त्रीलाई उदृधत गर्दै भनिएको छ, ‘नेपाल र चीन हिमाल र नदीको जोडिएका मैत्रीपूर्ण मुलुकहरु हुन् र उनीहरु एकै डुंङगाका यात्रु झै नजिक उभिएका छन् ।’ चिनियाँ प्रधानमन्त्रीले कोरोना खोपविरुद्धको चुनौती सामना गर्न, बिआरआई अन्तर्गत उच्च गुणस्तरको सहकार्य गर्न, विभिन्न क्षेत्रमा पारस्परिक सहयोग बढाउन नेपालसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी दुई देशको बीचमा रहेको रणनीतिक साझेदारीलाई सुदृढ बनाउने सम्बन्धमा पनि कुराकानी भएको थियो । चिनियाँ प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताबारे एक ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आफूलाई बधाइ दिएकोमा धन्यवाद भन्नु भएको छ । देउवाले चीनसँग द्धिपक्षीय सम्बन्ध सुदृढ गर्न मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गर्नुभयो ।

देउवा प्रधानमन्त्री भएको दुई हप्तापछि चिनियाँ प्रधानमन्त्रीले बधाई दिनु भएको हो । भारत भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच मंगलबार साँझ टेलिफोन संवाद भएको थियो । ब्लिन्केनले नेपालको दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणकै दौरानमा नयाँ दिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गर्नुभएको हो ।

सम्बन्धित खबरहरु