जनबोली धार्मिक ब्यूरो । धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ ।

अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ ।

ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ ।

बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ ।

यो दिन सामान्य धार्मिक कार्य गर्दा समेत जीवनमा बहार आउँने विश्वास छ ।

धेरैको भइरहेको छ पनि । यसैले आज हामी बिहीबार गरिने धार्मिक कार्यका बारेमा बर्णन गर्छौ ।

बिहीबार के गर्ने

जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ ।

बिहीबार सूर्य उदाउनु भन्दा अघि नै शुद्ध भएर भगवान विष्णुका नाममा गाईको शुद्ध घ्यू हालेर दियो बाल्नु राम्रो हुन्छ ।

निधारमा केसरी वा बेसारको पहेंलो टिका लगाउँदा राम्रो मानिन्छ। ब्रह्माणलाई कुनै पहेँलो वस्तु दान गर्नु फाइदाजनक हुन्छ ।

भगवान शिवका नाममा पहेँलो रंगको लड्डू चडाउँदा पुन्य प्राप्ती हुन्छ । फलफूलमा केरा दान गर्नु राम्रो मानिन्छ ।

सम्बन्धित खबरहरु