सीजीटीएन । चीनकी झांग युफेईले टोक्यो ओलम्पिकमा स्वर्ण पदक हात पारेकी छिन् ।

उनले टोकियो ओलम्पिकको महिला तर्फको २०० मिटर बटरफ्लाई पौडीको फाइनलमा कब्जा जमाउँदै स्वर्ण पदक हात पारेकी हुन् ।

झांग युफेई टोक्यो ओलम्पिकमा शीर्ष स्वर्ण पदक लिने खेलाडीको रुपमा नै चीनले लिएको थियो ।

झांगले शनिवार १०० मीटर बटरफ्लाई हीटमा शानदार प्रदर्शन गरेकी थिइन् ।

बिहीबार फाइनलसम्म आइपुग्दा उनको त्या शानदारीपन कायम नै रहेको थियो । उनले १०० मिटर पौडी ५५.८२ सेकण्डमा पूरा गरेकी थिइन् ।

चीनको झूझोउमा जन्मिएकी झांग महिला बटरफ्लाईमा पोडियममा स्थान बनाउँने चीनको सबैभन्दा होनहार दावेदार थिइन् ।

ओलम्पिकमा पदक प्राप्तिका लागि शारीरिक तथा मानसिक रूपमा नै अधिक दबाव हुन्छ ।

निश्चित रूपमा यो मेरो ठूलो सफलता हो । यो देशका लागिपनि ठूलो सफलता हो उनले भनिन् ।

टोकियो ओलम्पिकमा अहिलेसम्म अमेरिका १३ स्वर्ण पदक सहित ३५ वटा पदक हात पारेर पहिलो स्थानमा छ ।

चीनपनि १३ वटा स्वर्ण पदक सहित २८ वटा पदक हात पारेर दोस्रो स्थानमा छ । यसैगरी जापानपनि १३ वटा स्वर्ण पदक सहित नै २२ वटा पदक हात पारेर तेस्रो स्थानमा छ ।

सम्बन्धित खबरहरु