जनबोली धार्मिक ब्यूरो । चाणक्य वा कौटिल्य लगभग इसा पूर्व ३७०–२८३ को समयमा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए ।

तक्षशिलाका आचार्य, दार्शनिक थिए चाणक्य ।

उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए।

उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए ।

अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ । मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो ।

विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ।

बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ।

उनै चाणक्यको भनाइहरुलाई अवलम्बन गर्ने हो भने जीवनमा आइपर्ने धेरै समस्याहरुबाट बच्न सकिन्छ । जसमध्ये केहीलाई हामीले यहाँ उल्लेख गरेका छौं ।

वरयेत्कुलजां प्राज्ञो निरूपामपि कन्यकाम्। रूपवतीं न नीचस्य विवाहः सदृशे कुले ।।१५।।

कुरुपा नै किन नहोस् बुद्धिमान् मानिसले राम्रो कुलकी स्त्रीलाई नै रोज्नु पर्दछ । अत्यन्त राम्री भएता पनि नराम्रो कुलकी स्त्री कदापि विवाह नगरोस् । किनकि समान कुलमा मात्र विवाह गर्नु उत्तम मानिन्छ ।।१५।।

स्त्रीणां द्विगुण अहारो लज्जा चापि चतुर्गुणा। साहसं षड्गुणं चैव का'मश्चाष्ट'गुणः स्मृतः ।।१८।।

पुरुषहरुको तुलनामा स्त्रीहरुको भोजन दुईगुना, लाज चारगुना, साहस छ गुना, का'म–वा'स'ना आठगुना बढी हुन्छ ।।१८।।

 

सम्बन्धित खबरहरु