काठमाडौं । जीवन अनिश्चितताहरूले भरिएको छ भनेर धेरैले भन्छन् । कहिलेकाँही हामी आफैं यो महसुस गर्दछौं ।

जयपुरकी डा. दीपा शर्मालाई पनि त्यस्तै भयो । ३४ वर्षीया दीपाले गत आइतबार दिउँसो १ः१४ बजे हिमाचलको नागास्ती पोष्टबाट आफ्नो तस्वीरसहित ट्वीट गरिन् ।

त्यसको केही समयपछि अचानक आएको पहिरोमा उनको निधन भयो । त्यस दुर्घटनामा नौ व्यक्तिको मृत्यु भयो, जसमध्ये एक डा. दीपा शर्मा पनि थिइन् । यसरी उनले आधा घण्टाभित्र यो संसारबाट विदा हुनुपर्यो ।

दीपा शर्माको ट्वीट पछि मात्र यो खबर आयो कि हिमाचल प्रदेशको किन्नौर जिल्लाको चित्रकुलाबाट साङ्ला जाँदै गरेका पर्यटकहरू बोक्ने टेम्पोमा एउटा ठूलो ढुङ्गा खसेको थियो ।

नौ व्यक्तिको मृत्यु भयो भने तीन जना गम्भीर घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक पीडितको परिवारलाई २ लाख (भारु) र घाइतेलाई ५० हजार (भारु) सहयोग दिने घोषणा गर्नुभयो ।

ट्विटरमा डा. दीपा शर्माका धेरै फ्यान छन्, जो गहिरो शोकमा छन् । उनको ट्विटरमा दिइएको जानकारी अनुसार दीपा शर्मा आयुर्वेद चिकित्सक, क्लिनिकल न्यूट्रिशनिस्ट र लेखक थिइन् ।

उनको व्यक्तिगत वेबसाइटका अनुसार उनी फोटोग्राफी मन पराउँथिन्, यात्रा गर्थिन् र नयाँ व्यक्तिहरूसँग भेटघाट गर्न खुबै मन पराउँथिन् ।

पहिरोमा ज्यान गुमाउनु भन्दा एक दिन अघि उनले आफ्नो एउटा फोटो पोस्ट गर्दै भावुक पोस्ट गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘जीवन प्रकृति बिना केहि छैन ।’ उनको वेबसाइटका अनुसार उनी गैरसरकारी संस्थासँगको सहकार्यमा मानिसहरूलाई सहयोग पुर्‍याउन सामाजिक कार्यमा पनि व्यस्त रहने गरेकी थिइन् ।

कोरोना महामारीको समयमा उनले लेखेकी थिइन्, ‘म महिलाहरुलाई शिक्षा प्रदान गर्दछु, जो आफ्नो अधिकार र बिभिन्न सरकारी योजना बारे सचेत छैनन् ।

महामारीको क्रममा मैले धेरै परिवारहरूलाई एनजीओ र सरकारको सहयोगमा खाद्यान्न, महिला सरसफाइ, चिकित्सा उपचार र आधारभूत सहयोग गर्दैछु ।’

अगस्त २०२० मा, उनले आफ्नो ट्वीटरमा लेखेकी थिइन्, ‘म आईएएस÷आईपीएस, आईआईएम, आइभी लिग स्कूल पास आउट छैन, कुनै सेलिब्रेटी वा कुनै पनि राजनीतिज्ञ होईन ।

तर मलाई विश्वास गर्नुहोस्, केही वर्षमा मानिसहरूले मेरो नाम राम्ररी चिन्न सक्नेछन् । मेरो राम्रो काम र हाम्रो देश र महिला सशक्तिकरण प्रति मेरो योगदानका लागि ।’

हिमाचल प्रदेश पहिरोमा आफ्नो ज्यान गुमाएका अन्य आठ व्यक्तिको पहिचान पनि भएको छ ।

मृतकहरुमा राजस्थानको सीकर निवासी ५५ वर्षीया माया देवी बियाणी, उहाँका ३१ वर्षीय छोरा अनुराग बियाणी र २५ वर्षीया छोरी माया देवी बियाणी रहेका छन् ।

महाराष्ट्रका २७ वर्षीय अमोघ बापट, छत्तीसगढका ३४ वर्षीय सतीश कटकबर, पश्चिम बंगालका ४२ वर्षीय उमराव सिंह र ३७ वर्षीय कुमार उल्हास वेदपाठक रहनु भएको छ ।

सम्बन्धित खबरहरु