न्युयोर्क । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएकोे बताइएको छ ।

सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पपछि सामुद्रिक आँधी आउँने चेतवानी जारी भइसकेको छ । भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । त्यहाँको भूकम्पनको असर विभिन्न राज्यसम्म पुगेको थियो ।

भूकम्पपछि संयुक्त राज्य अमेरिकामा सुनामी चेतावनी दिँदै प्रशान्त क्षेत्रभरि निगरानी बढाएको छ । अहिले सुनामी चेतावनी साइरनहरू अलास्काको कोडियाकमा वालमार्ट स्टोर नजिकै बजिरहेका छन् ।

अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटीडब्ल्यूसी) ले अलास्काको दक्षिणी भाग, ज्वालामुखी प्रायद्वीप र प्रशान्त तटवर्ती इलाका हिन्चिनब्रुकबाट युनिमक पाससम्म खतरा रहेको जनाउँदै सतर्कता जारी गरेको छ ।

अलास्काका गभर्नर माइक डन्लेभीले ट्वीट गरेर भनेका छन् राज्यको आपतकालीन अपरेशन सेन्टर सक्रिय भएको छ र अधिकारीहरु सुनामी चेतावनी क्षेत्रहरुमा समुदायहरुलाई सम्पर्क गरीरहेका छन्।

प्रशान्त सुनामी चेतावनी केन्द्र (पीटीडब्ल्यूसी) ले हवाई र संयुक्त राज्य अमेरिकाको प्रशान्त क्षेत्र गुआमसम्म सम्भावित खतराको क्षेत्र भनेको छ ।

एनटीडब्ल्यूसीले भने अन्य संयुक्त राज्य अमेरिका र क्यानाडाली प्रशान्त तटवर्ती क्षेत्रहरूसम्मका लागि सुनामी खतराको स्तरको मूल्यांकन गरिरहेको छ।

जापानको मौसम एजेन्सीहरुले जापानसम्म सुनामी आउने सम्भावना छ कि छैन भनेर अनुसन्धान गरिरहेको सार्वजनिक प्रशारक एनएचकेले जनाएको छ।

जापानको मौसम विज्ञान एजेन्सी वेबसाइटमा सुनामी सचेतहरू अहिलेसम्म देखिएको छैन ।

न्युजील्याण्डका अधिकारीहरूले भने कि उनीहरूले समुद्री किनार क्षेत्रमा कुनै खतरा छ कि छैन भनेर हेरिरहेका छौ ।

अहिलेसम्म संकेत देखिएको छैन । अलास्काको पेरीभिलबाट–१ किलोमिटर पूर्व–दक्षिणपूर्वमा भूकम्प गएको थियो। यो अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजबाट लगभग ८०० किलोमिटर (५०० माईल) टाढा थियो।

 

सम्बन्धित खबरहरु