काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समय भैसक्दा पनि मन्त्रिमण्डल विस्तार सक्काउनु भएको छैन । उहाँले सत्ता गठबन्धनमा रहेका नेताहरुसँग निरन्तर छलफल गरिरहनु भएको छ ।

प्रधानमन्त्री देउवालाई समर्थन गरेको नेकपा एमाले नेपाल पक्ष र जनमोर्चा सरकारमा नजाने लगभग तय भैसकेको छ । यो बीचमा बाँकी रहेका दलहरु मन्त्रालय बाँडफाँडमा लागेका छन् ।

माओवादी केन्द्र, जसपा र काँंग्रेसले मन्त्रीको टुंगो लगाउन बाँकी छ । यो बीचमा प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारको तयारी थालेपछि नेपाली काँग्रेसमा मन्त्रीका आकांक्षी बढेका छन् ।

काँग्रेसमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रीका आकांक्षी बढेका हुन् । संख्या बढेपछि प्रधानमन्त्री देउवालाई व्यवस्थापन गर्न सकस परेको बताइएको छ ।

मन्त्री बन्ने लाइनमा पूर्वमन्त्री गगन थापादेखि सांसद प्रकाश रसाइलीसम्मको नाम चर्चामा रहेको छ । मन्त्री हुने चर्चामा रहेकाहरु निम्नानुसार रहेका छन् ः

  • गगन थापा
  • मिनेन्द्र रिजाल
  • डा. डिला संग्रौला
  • देवेन्द्र कँडेल
  • बहादुर लामा
  • मानबहादुर विश्वकर्मा
  • सुजाता कोइराला
  • दिलेन्द्र बडू
  • राजन केसी
  • डा. नारायण खड्का
  • तेजुलाल चौधरी
  • प्रमोद यादव
  • प्रकाश रसाइली स्नेही
  • उमाकान्त चौधरी
  • भीमसेनदास प्रधान

सम्बन्धित खबरहरु