काठमाडौ । घर मर्मतको काम भइरहेको थियो । तर अस्वभावीक रुपमा घरमा अनौठा किराहरु निस्किरहेका थिए ।

त्यहाँ पुरानो घर किनेपछि नयाँ घर मालिकले मर्मतको काम गराइरहेका थिए । लगातार किराहरु आउँदै गए ।

तर जब मर्मतकै क्रममा खाडल बनाइयो त्यहाँ देखिएको दृष्यले सबैको होस उड्यो ।

भारतको बाबेल रोड स्थित शिव नगरमा मर्मतका क्रममा एउटा घरमा तीन मृत मानिसहरु फेला परे ।

सो घटना पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घरको पुरानो मालिकलाई पक्राउ गरेपछि त्यो भन्दा ठूलो रहस्य खुलेको छ ।

पुलिसले उत्तर प्रदेशको भदोहीबाट पूर्व घर मालिक अहसान सैफी लाई पक्राउ गरेको छ।

पुलिसका अनुसार अहसानले साढे २ बर्ष अघि उसकी प्रेमिका र दुई छोरालाई त्यसरी जमिनमुनी राखेको तथ्य बाहिर आएको हो ।

लाश साथमा, घटनामा प्रयोग भएका सामाग्रीहरु पनि राखिएको थियो । घटना पछि उनले त्यो घर बेचेर हिडेका थिए ।

शिवनगर कालोनीमा मंगलबार दिउँसो मर्मतको क्रममा तीनवटा मृत मानिसको अस्थिरपञ्चर फेला परेका हुन् ।

प्रहरीले दाबी गरेको छ कि घरका पूर्व मालिक अहनन सैफी घटना पछि अर्की प्रेमिकाका साथ बस्दै आएका थिए ।

कांशीराम मम्देवपुरको शहरी आवास योजनामा ​​भाडाको घरमा उनी नयाँ परिवारका साथमा बस्दै थिए। सैफीले त्यहाँ सिकर्मीको रूपमा काम गर्न शुरू गरे ।

पूर्व जग्गा मालिक अहसन उत्तर प्रदेशको भदोहीबाट पक्राउ परेका हुन्। उनीसँग सोधपुछ भइरहेको छ । उनी अहिले हिरासतमा नै छन् ।

सम्बन्धित खबरहरु