काठमाडौं । तालिवानको नियन्त्रणमा रहेको अफगानिस्तानको उत्तरपूर्वी भागमा ठुलो बाढी आएको छ ।

त्यहाँको नुरिस्तान प्रान्तमा बुधवार रात ठूलो वर्षा पछि आएको बाढीमा ठूलो संख्यामा मान्छेले ज्यान गुमाएका हुन् ।

हिमाली क्षेत्र नुरिस्तानका गभर्नर हाफिज अब्दुल कयूमले बीबीसीलाई भने कि कम्तिमा ६० व्यक्तिको मृत्यु भएको छ ।

उनका अनुसार सयौं एकड कृषि जमिन नष्ट भएको छ । उनले भने कि यो क्षेत्र तालिवानको नियन्त्रणमा रहेको छ । तालिवानले बाधा नपु¥याएमा राहात पुग्ने उनको भनाई रहेको छ ।

उनले राहात तथा उद्धार कार्यमा अधिकारीहरु लागेको उल्लेख गरेका छन् । तालिवानले बाढीमा १५० जनाले ज्यान गुमाउनु परेको बताएको छ ।

तालिवानी प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्तिमा भने कि उनीहरू आफ्नो उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पठाउँदै छन् ।

उनले भनेका छन्, ‘हामी नागरिकहरुलाई मार्देशको गाउँलाई मद्दत गर्न यथासक्दो गर्न अपील गर्दछौं ।’

तालिवानले यो पनि भन्यो कि उनीहरु परोपकारी संस्थाहरुलाई सहयोगको लागी अगाडि आउन आग्रह गरिरहेका छन्।

सम्बन्धित खबरहरु