काठमाडौं । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको छ ।

यो बीचमा दक्षिण भारतको केरला राज्यमा कोभिड–१९ तेस्रो लहर अचानक बढेको हो ।

भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार सो राज्यमा दुई दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

संघीय सरकारले बढ्दै गएको सङ्क्रमणलाई नियन्त्रणमा राख्न विज्ञहरुको टोलि पठाउन लागेको समाचारमा उल्लेख गरिएको छ ।

दोस्रो लहर पश्चात भारतमा दैनिक सङ्क्रमित थपिने संख्या हाल स्थिर देखिएको छ ।

एएनआईका अनुसार भारतमा कुल सक्रिय सङ्क्रमित करिब चार लाख रहेकोमा केरलाका मात्रै एक लाख ५४ हजार रहेका छन् ।

राज्यको प्रकोप ब्यवस्थापनले एक बयान जारी गर्दै दुई दिनका लागि पूर्ण लकडाउन गरिएको जानकारी दिएको छ ।

गएको चार सातामा केरलाका १४ जिल्लामध्ये सात जिल्लामा सङ्क्रमण उच्च देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

सम्बन्धित खबरहरु