काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । यो बीचमा प्रधानमन्त्री शेर बहादुर देउवाले बैठक बोलाउनु भएको हो ।

उहाँले कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका विषयमा चर्चा गर्नका लागि प्रधानमन्त्री देउवाले बैठक बोलाउनु भएको हो ।

बिहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थप भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।

प्रधानमन्त्री देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराउनु भएको थियो ।

सम्बन्धित खबरहरु