काठमाडौ । डाउन हिल आफैंमा गाह्रो र कठिनाई हुन्छ । त्यसमा पनि छोटो समयको प्रशिक्षणपछि प्रतिस्पर्धामा उत्रिनु अर्को चुनौति हो ।

त्यही चुनौतिलाई पन्छाउँदै २२ वर्षिया जमूना थापाले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा रजत पदक जितिन् ।

रजत पदकले साइक्लिङ संघले मात्रै नभई पोखरेलीले गर्व गरेको छ ।

यसपछि नेपालमा साईक्लिङ गरेरपनि नाम र दाम कमाउन सकिन्छ भन्ने बल्ल थाहा हुन थालेको छ ।

साईक्लिङको लागि आँट र हिम्मत चाहिन्छ । आँट विना सम्भव नै छैन् । डाउनहिलमा अझ जोखिमपूर्ण नै हुन्छ ।

साईकलबाट जम्प र पम्प हान्ने । ट्रेल रेस । स्टण्ड यसका मुख्य आकर्षक हुन् । अहिले बालक देखि बृद्धसम्मले आफ्नो कला देखाउन थालेका छन् ।

स्टण्ड सिक्दा सुरु सुरुमा सबैलाई गाह्रो हुन्छ । तर कला देखाउन सक्ने भएपछि भने सबैको माया पाइन्छ ।

यसमा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता समेत खेल्ने पाईन्छ । उत्साहपूर्वक लागेका नयाँ पुस्ताहरुलाई शुभकामना सहित यहाँ रोमाञ्चक साईक्लिङको भिडियो प्रस्तुत गर्दैछौ ।

https://www.youtube.com/watch?v=Ya1jyZqdva4

सम्बन्धित खबरहरु