काठमाडौ । एकै जनाको ठूलो परिवारका बारेमा हामीले विदेशीहरुको बारेमा पढ्दै जा सुन्दै आएका छौ ।

तर नेपालको उदयपुर जिल्लामापनि विश्वको नजर पुग्ने ठूलो परिवार छ भन्ने कुरा पत्ता लागेको छ ।

उदयपुरको बेलका नगरपालिका वडा नं. ४ मा सबै चकित हुने नेपालकै ठूलो परिवार फेला परेको हो ।

१९८९ साल भोजपुर जिल्लामा जन्म भइ उदयपुर बसाई सरेका एक पुरुषसँग नेपालकै ठूलो परिवार थियो ।

भर्खरै उनको निधन भएको छ । उनको निधनपछि यो कुरा बाहिर आएको हो ।

भोजपुरबाट उदयपुर बसाई सरेर आएका स्व. लालबहादुर बिष्टको नेपालकै ठूलो परिवार पत्ता लागेको हो । उनको यही हप्ता निधन भयो ।

उनका एक छोरा नेकपा माओवादी बराह क्षेत्र नगर समिति सदस्य विष्णु कार्की हुन् । उनका बाबुका ७ जना श्रीमती रहेका छन् ।

६ जनामा एक जनाको निधन भइसकेको छ भने ६ जना अझै जिवित छन् । ७ जना श्रीमतीबाट १९ जना छोराहरु जन्मिएका छन् । १८ जना छोराहरुले बिबाह गरिसकेकाले घरमा बुहारीहरु १८ जना छन् ।

छोराहरुले भने बहुबिबाह समेत गरेका छैनन् । १३ जना छोरीहरुपनि छन् । छोरा छोरीहरुबाट १०४ जना नाति नातिनाहरु जन्मिएका छन् ।

नाति नातिनाहरुबाटपनि अहिलेसम्म ३० जना सन्तान भइसकेका छन् । यसैले उनका अहिले ३० जना पनाती पनातीनीहरुपनि छन् ।

उनको काजकिरियामा मात्र बस्नेपनि ४८ जना भएका छन् । श्रीमती, छोराछोरी, बुहारी, नाती नातीनीहरु र पनाती पनातीनीहरु गरेर अहिले उनका मात्र १९० जना सन्तान छन् । यो एकै व्यक्तिको नेपालकै ठूलो परिवार हो ।

 

सम्बन्धित खबरहरु